राजविराज । सप्तरीको राजविराजमा रहेको राजविराज जेसिज भवनमा आज बिहान आगजनी भएको छ ।

सो आगजनीबाट भवनमा क्षति हुनका साथै कार्यालयभित्र रहेका छवटा प्लास्टिकका कुर्सी जलेर नष्ट भएको सप्तरीका प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिनुभयो । साथै, सो भवनको केही सिसासमेत फुटेको प्रहरीले बताएको छ ।

Advertisement

यता आगो कसले र किन लगाएको भन्ने खुल्न नसकेको र जेसिज भवनमा आगो लगाउने दोषीमाथि कडा कारबाही हुने प्रहरी नायब उपरीक्षक उप्रेतीले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!