- संगालोखबर सम्वाददाता

धनकुटा, २६ असार । धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा पाठेघर र आङ्ग खस्ने रोग सम्वन्धी एकदिने निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

विजयपुर हस्पिटल प्रा.लि. धरानको प्राविधिक सहयोगमा सामुदायिक सचेतना र विकासका लागि महिला समूह धनकुटाले शिविर सञ्चालन गरिएको हो ।

Advertisement

स्वास्थ्य शिविर उद्घाटन गर्दै सांसद अञ्जना ताम्लीले विभिन्न रोगको पूर्व लक्षणवारे जानकारी नहुनु र जानकारी भएपनि समयमै उपचार गर्ने वानी नभएका कारण धेरै मानिस रोगको शिकार हुने गरेको बताईन् ।

शिविरमा १ सय ५० जना महिलाको स्वास्थ्य परिक्षण गरिएको आयोजक सामूदायिक सचेतना र विकासका लागि महिला समुह धनकुटाका अध्यक्ष जयन्ती राईले जानकारी दिईन् ।

उनका अनुसार स्वास्थ्य सेवावाट विमुख भएका र दुर्गम क्षेत्रका ग्रामिण महिलाहरुलाई सेवा पु¥याउने उद्धेश्यले शिविर सञ्चालन गरिएको हो । विजयपुर हस्पिटलका स्त्री रोग विशेषज्ञ डा. जुली चौधरी, डा.लक्ष्मी रेग्मी लगायतले शिविरमा महिलाहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!