काठमाडौं ।संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको संविधान संशोधन विधेयकले विद्यमान समस्या समाधान नगर्ने दावी गरेका छन् ।

Advertisement

अध्यक्ष यादवले संसदमा विचाराधिन संविधान संशोधन विधेयक संशोधन हुनैपर्ने माग गरेका हुन् ।

सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले यही हप्ता भित्र संविधान संशोधन विधेयक पारित गर्ने तयारी गरिरहेका छन । तर, अध्यक्ष यादवले भने संसदमा विचाराधिन संविधान संशोधन विधेयकले कुनै हालतमा पनि समस्या समाधान नगर्ने दावी गरे ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रमका बोल्दै उनले  राज्यको पुनर्संंरचना, सीमा निर्धारण र बहुभाषिक नीति अवलम्बन हुने गरी संविधान संशोधन विधेयक संशोधन गर्न पनि सरकारसँग माग गरे ।

अध्यक्ष यादवले संसदमा विचाराधिन संविधान संशोधन विधेयक आफैमा त्रुटिपूर्ण, विभेदकारी र लोकतान्त्रिक मूल्य, मान्यता विपरित रहेको तर्क समेतगरे । अध्यक्ष यादवले सरकारले स्थानीय तहको निर्वाचन एकैचरणमा नगरेर गल्ती गरेको आरोप पनि लगाउनु भयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!