भीमनारायण गोल्डकपको फाईनल खेल सर्यो, यस्तो छ कारण
धनकुटा, ३० भदौ । धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको फाईनल खेलको मिति परिवर्तन भएको छ । शुक्रवार साँझ बसेको प्रतियोगिता आयोजक समितिको बैठकले शनिवार हुँने भनिएको फाईनल खेलको मिति परिवर्तन गरेर फाईनल खेल आईतवार खेलाउँने निर्णय गरेको हो ।
शुक्रवारको सेमिफाईनल खेलमा साविक बिजेता फ्यान्स क्लव बिआरसी भुटानलाई पराजित गर्दै फाईनल प्रवेश गरेको विर्ता यून...




















