उत्तर कोरिया ।  संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको ४ दिन पछि उत्तर कोरियाले पुनः जापानी आकाशमा मिसाइल परीक्षण गरेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

जापानको हकाइदो टापुको आकाशमाथि मिसाइल परीक्षण गरिएको हो। उक्त मिसाइलले करिब ३७०० किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

यस अघि उत्तर कोरियाले परीक्षण गरेको मिसाइलले करिब ३००० किलोमिटरको दूरी तय गरी जापानको सामुद्रिक क्षेत्रमा खसेको थियो । उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको संकेत दिनका लागि साइरन बजेको थियो उक्त संकेत पाउनासाथ जापान सरकारले आफ्ना नागरिकहरूलाई आश्रय लिन भनेको थियो।

उत्तर कोरियाले सेप्टेम्बर ३ मा हाइड्रोजन बमयुक्त मिसाइल परीक्षण गरेपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक रूपमा बसेको बैठकमा ऊमाथि  थप नाकाबन्दी लगाउनुपर्ने अमेरिकी प्रस्तावलाई विश्वका १५ मुलुकहरूले पास गरेका थिए।

उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणबारे छलफल गर्नका लागि दक्षिण कोरियाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइने जानकारी दिएको छ।

संयुक्त राष्ट्रसंघले लगाएको विभिन्न नाकाबन्दीको बावजुत पनि उत्तर कोरियाले मिसाइल परीक्षणलाई निरन्तरता दिइरहेको छ। -एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!