काठमाडौं । प्रदेश नम्बर २ मा असोज २ गते हुने निर्वाचन आफ्नो पक्षमा पार्न दलका नेताहरु सक्रिय बनेका छन् । प्रचारको अन्तिम दिन शुक्रबार दलका शीर्ष नेताहरु विभिन्न जिल्ला पुग्दैछन् ।

Advertisement

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कलैया नगरपालिकाको आमसभालाई दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम छ । उनले आजै वीरगन्जको चुनावी सभालाई पनि सम्बोधन गर्नेछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली आज बारा जाँदै छन् । १२ः४० मा जितपुर–सिमरा नगरपालिकामा आयोजना गरिएको चुनावी सभामा ओली सहभागी हुनेछन् । बर्दिवास नगरपालिकाको दिउँसो ३ बजेको चुनावी सभामा पनि ओली पुग्दैछन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सर्लाहीको लाबन्दीमा हुने चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ लाग्दैछन् । उनी दिउँसो वीरगन्जको चुनावी सभामा पनि सहभागी हुनेछन् ।

उपेन्द्र यादव शुक्रबार दिनभर सिराका स्थानीय तहका कार्यक्रममा सहभागी हुनेछन् । बिहान ८ बजे बन्दिपुरबाट सुरु भएको कार्यक्रम कल्याणपुरमा पुगेर साँझ ६ बजे निर्वाचन कार्यक्रम समापन हुनेछ ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पोडेलले पर्साको पोखरिया नगरपालिकाको चुनावी सभालाई बिहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!