भक्तपुर। विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले दशैँको अवसर पारेर भक्तपुरमा आजदेखि शुरु भएको दशैँ मेलाको उद्घाटन गर्नुभएको छ ।
उहाँले दशैँको अवसरमा विभिन्न ठाउँमा उपभोक्ता आकर्षित गर्नका लागि हुने मेलामा व्यापक उपभोक्ता ठगी हुने गरेको तर्फ सचेत रहन मेलामा आएका उपभोक्तालाई आग्रह गर्नुभयो ।
मेलामा म्याद सकिएका सामग्रीदेखि कमसल सामग्री र सस्तो सामानलाई बढी मूल्य लिएर बिक्री गर्ने गरेको पाइएकाले यो मेलामा भने गुणस्तरीय र सर्वसुलभ सामानमात्रै राख्न मन्त्री बोहराले आग्रह गर्नुभयो ।
असोज ५ गतेसम्म सञ्चालन हुने मेलामा भक्तपुरको कला संस्कृतिका साथै स्थानीय उत्पादनदेखि विभिन्न देशी÷विदेशी उत्पादनको ११३ कक्ष रहेको छ ।
सांस्कृतिक झाँकी प्रहसनका साथै मेला अवधिभर नेपालका चर्चित गायक÷गायिकाका साथै हास्य कलाकारले मनोरञ्जन प्रदान गर्ने छन् । मेलामा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामान, दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री र पर्यटन प्रवद्र्धन गर्ने कक्ष रहेका छन् ।
मेलामा प्रवेश शुल्क रु ५० तोकिएको छ । करिब पाँच लाख उपभोक्ताले अवलोकन गर्ने र रु २५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।