अबको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ : नेता खनाल
इलाम । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दोस्रो चरणको निर्वाचनबाट नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।
इलामको रोङ गाउँपालिकाअन्तर्गत जिर्मलेको सलकपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सरकारको लाचारीपनले गर्दा प्रदेश नं २ को चुनाव सरेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्नुभयो ।...
