यस्ता छन् प्रदेश नम्बर २ को निर्वाचनका सुरक्षा चुनौती
काठमाडौं, ३० भदौ । तराई–मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् । सुरक्षा निकायले यही चुनौतीलाई ध्यानमा राख्दै आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएका छन् ।
सुरक्षा अधिकारीहरूका अनुसार निर्वाचनमा खुला सिमाना, भूमिगत संगठन, निर्वाचनको विरोधमा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र सीके राउतका गतिविधि अनि दलहरूको शक्ति प्रदर्शनलाई...
















