काठमाडौँ । ‘लिला’ र ‘जोनी जेन्टलम्यान’ आजबाट प्रदर्शनमा आएका चलचित्र हुन् । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका यी चलचित्रले एक अर्काेसँग स्पर्धामा उत्रिएका हुन् ।

Advertisement

‘लिला’ रमेश कोइरालाले निर्देशन गरेको चलचित्र हो, भने ‘जोनी जेन्टलम्यान’का निर्देशक नितिन चन्द रहेका छन् ।

 सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्णप्रसाद दंगाल प्रस्तुतकर्ता रहेको ‘लिला’ अनुभवी तथा टेक्निकल्ली निर्देशक रमेश कोइरालाले निर्देशन गरेको चलचित्र हो ।

चलचित्र प्रेम, एक्सन र सस्पेन्स विषयले भरिएको निर्माण टोलीले जनाएको छ । मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, धु्रर्व कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल लगायतको अभिनय रहेको चलचित्रका कार्यकारी निर्माता कलाकार सिपि पौडेल हुन् ।

यो प्रेम र बदलाको कथामा निर्माण भएको चलचित्र हो । एड्रिउ पौडेलको लगानी रहेका चलचित्रमा पल शाह र आँचल शर्मा मुख्य भूमिकामा रहेका छन् ।

हर्कुलस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यले संगीत दिएको चलचित्रका कार्यकारी निर्माता अजय मल्ल हुन् । देव महर्जनको एक्सन, रुपेश थापा र रामशरण उप्रेतीको छायाङ्कन चलचित्रमा रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!