देशका ठुला सुनतस्करहरुलाई प्रहरी नेतृत्वकै संरक्षण रहेको खुलेको छ ।

Advertisement

एक ठुला सुन तस्करले प्रहरी नेतृत्वकै सहयोगमा उन्मुक्ति पाएका छन् ।

एयरपोर्टबाटै सुन तस्करी गर्ने गुप्तलाल भुषाललाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालकै संरक्षणमा उन्मुक्ति दिईएको हो ।

स्रोतका अनुसार दुवईबाट नेपाल फर्कने क्रममा उनी गतसाता पक्राउ परेका थिए ।

तर हल्ला नगरी उनलाई अदालत पेश गरियो । उनी भोलिप्लटै सामान्य धरौटीमा छुटे ।

भुषालले प्रहरी नेतृत्वदेखि अदालतसम्म सेटिङ मिलाएर त्यसरी उन्मुक्ति पाएका हुन् ।

सबैसंग कुरा मिलेपछि उनी नेपाल आएका थिए । सीआईवीले गरको अनुसन्धानमा साढे ३३ किलो सुन तस्करीका प्रमुख नाईके नै उनै भुषाल हुन्

तस्करीमा भरियाको रुपमा काम गर्ने दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपालबहादुर शाही जेलमा छन् ।, यो खबर आज प्रकाशित दृष्टि साप्ताहिकमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!