
गुल्मी, २७ कात्तिक । गुल्मीको जोहाङ्ग खैरेनी र चोरकाटेको विचमा पर्ने घुसे भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना घम्भीर घाईते भएका छन् ।
सोमबार विहान करिव साढे १० बजे खैरेनीबाट चोरकाटेतर्फ जाँदै गरेको लु १ त १८१७ नम्वरको ट्याक्टर सडकबाट करिव ७० मिटर तल खस्दा बाँके जिल्ला साविकको नौवत गाविसका अन्दाजी ४५ वर्षिय हरिशकुमार शाहको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टराईका अनुसार सत्यवती गाउँपालिका वडा नम्वर ६ का २१ व्र्षिय सुजन पुलामी गम्भीर घाईते भएका छन् । उनलाई जोहाङ्ग स्वास्थ्य चौकमा उपचार हुन नसकी थप उपचारका लागि पाल्पा पठाईएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।















