काठमाडौं, २७ कात्तिक । गैर आवासीय नेपाली संघले उर्जा संकट न्युनीकरणका लागि एलईडी बल्ब प्रयोग बढाउनका सरकारसँग सहकार्य गर्ने भएको छ । संघले एलइडी बल्बको उच्ततम प्रयोग गरि दुई सय ५० मेघावाट विद्युतको वचत गर्ने जनाएको छ ।

Advertisement

 संघका अध्यक्ष भवन भट्टले उज्यालो नेपाल कार्यक्रम अन्तर्गत एक लाख ५० हजार थान एलइडी बल्ब सरकारलाई हस्तान्तरण गरिने जानकारी गराएका छन् ।

सुख्खा मौसममा नेपाललाइ दुई सय ५० मेघावाटको विजुली आपुर्ती कमि हुने भएकोले एलइडी बल्बको प्रयोग बढाउन सरकारसंग सहकार्य गर्न लागिएको संघका प्रवक्ता भुषण घिमिरेले जानकारी गराए । घिमिरेले एलइडी सरकारलाई हस्तान्तरण गर्ने विषयमा संघमा छलफल भएको तर कुन विधीबाट एलइडी बल्बको प्रयोग बढाउन सकिने बारे टुङेमा नपुगिएको वताए ।

एलइडी बल्बका लागि संघले च्याप्टर देशहरुसंग सहकार्य गरि  आर्थीक जुटाउने तयारी गरेको छ । बल्बका लागि स्रोत जुटाउनका लागि कार्यविधी बन्दै गरेको घिमिरले बताए । आगामी दुई वर्षमा उर्जाका लागि एनआरएनले हाइड्रोमा लगानी तथा  एलइडी बल्बको प्रयोग बढाउने संघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!