काठमाडौं, २८ कात्तिक । नेकपा एमालेका प्रदेश नम्बर १ का सहसंयोजक तथा भोजपुर १ का प्रदेश सभा सदस्य उम्मेदवार शेरधन राईमाथि आज भएको आक्रमणको नेकपा एमालेले कडा शब्दमा निन्दा गरेको छ ।
एमालेका अध्यक्ष केपी ओलीले एक विज्ञप्ति जारी गर्दै राईमाथि भएको सांघातिक आक्रमणलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताएका छन् ।
उनले आक्रमणलाई आफूले सिंगो एमालेपार्टीपंक्तिमाथिको आक्रमणको रुपमा लिएको भन्दै घटनामा जोसुकै संलग्न भएको भएपनि उनीहरुको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचनलाई भाड्ने र मुलुकलाई भाँडभैलो मच्चाइरहने स्पष्ट भएको बताएका छन् ।
विज्ञप्तिमा बाम गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को गर्दै आक्रमणको घटना जारी रहनुले आफू आश्चर्यचकित भएको भन्दै ओलीले यस्ता खालका घटनाप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।
यो पनि पढ्नुहोस