यातायात व्यवसायलाई व्यवस्थित बनाउनका लागि सवारी चालक र सहचालकलाई युनिफर्मको व्यवस्था गरिने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा सवारी चालक र सहचालकलाई युनिफर्मको व्यवस्था केही दिनमा गरिने भएको छ।

Advertisement

सोमबार काठमाडौंमा आयोजना भएको व्यवसायी तथा मजदुर प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले ट्राफिक प्रहरी र यातायात व्यवसायीको संयुक्त सहकार्यले मात्र यातायात व्यवसायलाई मर्यादिन बनाउन सक्ने बताए।

उनले ट्राफिक व्यवस्थापनका लागि समेत ट्राफिक प्रहरी र यातायात व्यवसायीलाई प्रशिक्षणमा दिदै आएको जानकारी दिए। डिआईजी खनालले सवारी चालक र सहचालकलाई युनिफर्मको व्यवस्था गर्नाले यो व्यवसायमा गौरव गर्ने वातावरण बन्ने समेत विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पहिलो पटक यातायात व्यवसायीलाई लक्षित गरेर ट्राफिक प्रहरीले कार्यक्रम गरेकोमा खुसी व्यक्त गरे। विगतका दिनमा सरोकारवाला निकायले यातायात व्यवस्थापनका लागि परामर्स नगरेको महासंघका महासचिव सिटौलालको गुनासो रहेको छ। उनले यातायात व्यवसायलाई मर्यादिन बनाउन आफुहरु लागि परेको बताए। उनले सवारी चालक र सहचालकलाई सवारीसाधन चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध गरे।

यातायात व्यावसाय र ट्राफिक व्यवस्थापनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्यक्रम आयोजना गरेको डिआईजी खनालले जानकारी दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!