युएई, २८ कात्तिक । चार दिने भ्रमणमा सयुक्त अरब इमिरेट्स (युएई) आईपुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आबुधावीका राजकुमार शेख मोहम्मद बिन जायद अल नाहायनसँग भेटवार्ता गर्दैछिन् । भेटबार्तामा दुई पक्षिय हित र आपसी सम्बन्धकाबारेमा कुराकानी हुने बताइएको छ ।

Advertisement

राष्ट्रपति भण्डारी चारदिने औपचारिक भ्रमणको लागि सोमबार सयुक्त अरब इमिरेट्स (युएई) आईपुगेकी हुन् । युएईका राजकुमार शेख मोहम्मद बिन जायद अल नाहायनको निमन्त्रणामा उनि यूएईको राजधानी आबुधावी आईपुगेकी थिइन् ।

युएई सरकारका मानव संशाधन मन्त्री नासर थानी अल हमेली, नेपालको लागि युएईका राजदुत साइद हमदान अल नाकेइ,युएईका लागि नेपाली कार्यबाहक राजदुत नेत्र बहादुर टण्डनले भण्डारीलाई अबुधावी बिमानस्थलमा भव्य स्वागत गरेका थिए ।

भ्रमण क्रममा राष्ट्रपति भण्डारीले १५ नोभेम्बरमा नेपाली दुताबास अबुधावीको आयोजनामा युएईमा रहेका नेपालीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै भण्डारी युएईको ब्यापारिक शहर दुबई भ्रमण गरी नोभेम्बर १६ मा नेपाल फर्कने कार्यक्रम छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!