काठमाडौं, २७ कात्तिक । डडेलधुरा जिल्लाको गन्यापधुरा  गाउँपालिकामा विजुली वत्ति छैन । टेलिफोन लाग्दैन  । जुन यथार्थ अरु कसैको नभएर प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँको हो ।

Advertisement

गन्यापधुरा  गाउँपालिकामा अहिलेपनि ८० प्रतिशत भूभागमा टेलिफोन सेवा छैन । विजुली पुग्ने कहिले हो कहिले केहि थाहा छैन । वडा नं २का लोकन्द्र कार्कीले भने ‘टेलिफोन छैन । संसार आधुनिकताको चरम चुलिमा छ हामी भने अन्धकारमा बस्न बाध्य छौ । संचारको  दुनियाबाट टाढा छौ ।’

सुदुरपश्चिमको विकास नै देउवाले गरेको भन्नेहरुको कमि नभएको समयमा उनकै गाउँपालिका मान्छेहरु भने अहिलेपनि उज्यालो र संचारको क्षेत्रबाट बन्चित रहनु परेको छ ।

वडा नं ३का भवानी ठगुन्ना भन्छन् ‘देउवा यो देशको ४ पटक प्रधानमन्त्री हुँदा पनि हाम्रालागि अहिले सम्म विजुली र टेलिफोन आएन भने कसरी विकास प्रेमी मान्नु हामी ।’

देउवाले बहुदलदेखि अहिले सम्म डडेलधुराबाट चुनाव जित्दै आएका छन् । यो पटक भने वामगठबन्धनको भोट उनको भन्दा ९ हजारले बढी छ ।  त्यसैले उनको चुनावी नतिजा कस्तो आउने हो  अहिले नै भन्न नसकिने अवस्था रहेपनि रोचक प्रतिस्पर्धा हुने भने पक्का  छ । -रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!