काठमाडौ, २७ कात्तिक । ललितपुरको एकान्तकुनामा रहेको सुजुकी ड्राइभिङ सेन्टरमा लागेको आगो निभाइएको छ । पेट्रोल भण्डारण गरेको ठाउँमा आगो लागेको हो ।

Advertisement

आगो के कारणले लागेको हो भन्ने थाहा हुन नसकेको सुजुकी ड्राइभिङ सेन्टरका सञ्चालक राजन क्षेत्रीले बताउनुभयो । आगोले एक हजार लिटर पेट्रोल नष्ट्र भएको उहाँले बताउनुभयो ।

पेट्रोल राखेको कोठा नजिकै शौचालय भएको र त्यहाँ चुरोटका ठुटा भेटिकाले चुरोटबाटै आगो सल्किएको हुन सक्ने प्रहरीको अनुमान छ । सोमबार बिहान नौ बजेतिर आगो लागे पनि यसको कारण भने खुलिसकेको छैन । आगो लाग्नासाथ निभाउन सकिएकालेसम्भावित क्षति भने रोक्न सफल भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!