संगालोखबर सम्वाददाता

भोजपुर, २८ कात्तिक । भोजपुर क्षेत्र नम्बर–२ का बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार एवं पूर्व सञ्चार मन्त्री शेरधन राई सवार गाडीमा आज बिहान बम प्रहार भएको छ ।

Advertisement

ट्याम्केमैयु गाउँपालिका–७ को दलगाउँ र कोटको सीमा क्षेत्र स्थित पिखुवा खोलामा बिहान करिव १० बजे राई सवार गाडीमा बम प्रहार भएको प्रहरीले जनाएको छ ।

बम प्रहारबाट ल्याण्डरोभर गाडीमा क्षति पुगेको भएपनि उम्मेद्वार राई सकुसल रहेको भोजपुर प्रहरी प्रमुख दिपेन्द्र पञ्जियार थारुले संगालोखबरलाई बताएका छन ।

घटनापछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । १४÷१५ जनाको समुहमा रहेका ब्याक्तिहरुले गाडीमा बम प्रहार गरेको प्रत्यक्षदर्सीले बताएका छन । बम प्रहारपछि प्रहरीले २१ रोउण्ड फायरिङ गरेको बताईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!