काठमाडौं, २७ कात्तिक । सिक्किमका स्रष्टा भीम दाहाललाई राजधानीमा सम्मान गरिएको छ । बानेश्वर सर्जक समाजले उनलाई सम्मान गरेको हो । कार्यक्रममा उनीसँगै सामाजिक अभियन्ता श्रीमति जुडि राई दाहाललाई पनि सम्मान गरियो ।

Advertisement

कार्यक्रमका साहित्यकार डा. बासुदेव क्रिपाठी, प्राध्यापक महेश प्रसाईं, साहित्यकार लोकेश ढकाल, मातृका पोखरेल, फूलमान वल, डा. घमानसिहं खड्का, डा. तुलसी भट्टराई केदार न्यौपाने, कृष्ण हमाल, डा. बासुदेव क्रिपाठी, कुलप्रसाद पराजुली र रमेश शसभेच्छुले नेपाल–भारतको नेपाली साहित्य र विश्व नेपाली साहित्य बारे आ–आफ्ना धारणा राखेका थिए ।

सम्मानित व्यक्तित्व भिम दाहालले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विश्वभरमा रहेका नेपालीका लागि काठमाडौं सबैको राजधानी भएकाले यहाँ आउँदा फरक खालको सुखानुभुति हुने बताए ।

‘भारतमा भएको १ सय २५ करोड जनसङ्ख्यामा नेपालीहरुले पनि आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएका छन्’, उनले भने । राजनीतिले विभाजन गरेपनि भाषा साहित्यले जोडने बताउँदै दाहालले ‘पारि तारिदेउन माझिदाई गीतलाई महिला माइत जाने विम्वको प्रयोग गर्दै नेपाल आउँदा माइतीमा आएजस्तो अनुभव हुने सुनाए । सिक्किम सरकारका मुख्य प्रेस सल्लाहाकार भिम दाहाल भारतको लोक सभाका लागि तिन पटक संसद भइसेकेका छन् ।

दाहालले त्रिपुरा साहित्य समाजको आयोजनामा एकल कविता बाचन गरेका छन् । उनले एकल कविता वाचनमा वविनमा धागो छैन कति चलाउँ म यो मेशिन, कागजको मन, मलाई नयाँ मुलुक देऊ जस्ता कविता प्रस्तुत गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!