सातामा २८.३३ अंक बढ्यो नेप्से

सातामा २८.३३ अंक बढ्यो नेप्से

  काठमाडौं,३ मंसिर । निरन्तर ओरालो लागेको बजारमा सेयरमूल्य तुलनात्मक रूपमा सस्तिएपछि गत साता नेप्सेमा केही सुधार देखिएको छ । पाँच दिनका लागि खुलेको बजार तीन कारोबार दिन बढेको थियो भने दुई कारोबार दिन घटेको थियो । सस्तो मूल्यमा राम्रा कम्पनीहरूको सेयर खरिद गर्नेहरू बढेपछि गत साताको तीन दिन बजार उकालो लागेको थियो । तर, सोही गतिलाई निरन्तरता दिन नसक्दा भने पछिल्ला दुई कारोबार दिनमा बजार पुनः ओरालो...
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नर्भिकमा, सीता र बिना पनि अस्पताल पुगे

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नर्भिकमा, सीता र बिना पनि अस्पताल पुगे

काठमाडौं,३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक इन्टरनेशनल अस्पताल पुगेका छन् । उनका साथमा पत्नी सीता दाहाल र प्रकाश दाहालकी पत्नी बिना मगर पनि अस्पताल पुगेकी छिन् । प्रकाशको आज बिहान निधन भएको हो । आज बिहान अचेत अवस्थामा घरमै भेटिएपछि उनलाई नर्भिक अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्दा उनको निधन भइसकेको थियो । अस्पतालले उनको निधन के कारणले भएको हो भन्नेबारे जानकार...
आइपुगे प्रचण्ड, प्रकाशको मृत्युबारे अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी गराउने

आइपुगे प्रचण्ड, प्रकाशको मृत्युबारे अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी गराउने

काठमाडौं,३ मंसिर । पुत्र प्रकाश दाहालको असमायीक निधनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौ आइपुगेका छन् । दाहाल झापाबाट हेलिकोप्टरमार्फत काठमाडौँ आएका हुन् । प्रचण्ड बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न शनिबार झापा पुगेका थिए । झापामा आज बाम गठबन्धनको संयुक्त चुनावी सभा हुँदैछ । पुत्र प्रकाशको मृत्युले दाहाललाई बज्रपात परेपछि बिहान नै बजे हेलिकोप्टरमार्फत उनि काठमाडौ आ...
चितवनमा वाम र लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार स्थगित

चितवनमा वाम र लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार स्थगित

चितवन,३ मंसिर । प्रचण्डपुत्र प्रकाश दाहालको निधनपछि वाम र लोकतान्त्रिक गठबन्धनले चितवनमा चुनाव प्रचारप्रसारका कार्यक्रम स्थगित गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । माओवादी केन्द्र चितवनले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा आज चुनाव प्रचारको कार्यक्रम स्थगित भएको जनाएको छ । आज क्षेत्र नम्बर २ अन्तर्गत भरतपुर महानगरपालिकाको वडानम्बर ५ ...
उम्मेदवारहरुमाथि आक्रमण गर्नेलाई कडा कारवाही हुन्छ : प्रधानमन्त्री देउवा

उम्मेदवारहरुमाथि आक्रमण गर्नेलाई कडा कारवाही हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ,३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन अभियानका क्रममा उम्मेदवारहरुमाथि आक्रमण प्रयास गर्नेहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री देउवाले निर्वाचनमा खटिएका उम्मेदवारहरुमाथि आक्रमण प्रयास भईरहेकोप्रति घोर निन्दा र भत्सर्ना गर्दै दोषीमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् । चुनावी प्रचार अभियानका क्रममा आईतबार विहान गृहजिल्ला डडेलधुरामा स्थानीय संचारक...
प्रकाश पत्नी मगर तीन वर्षीय छोरासहित काठमाडौं आउँदै

प्रकाश पत्नी मगर तीन वर्षीय छोरासहित काठमाडौं आउँदै

धनगढी,३ मंसिर । पति प्रकाश दाहालको निधनको खबरसँगै उनकी पत्नी बिना मगर छोरासहित काठमडौं उडेकी छन्। कञ्चनपुर क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेकी मगर धनगढीबाट काठमाडौंका लागि उडेकी हुन्। उनी तीन वर्षीय छोरासहि काठमाडौं आउँदैछन्। प्रकाश दाहाल निधनको खबरसँगै मगरलाई कञ्चनपुरबाट प्रहरीले विमानस्थल पुर्‍याएको थियो।
लमजुङमा वार्षिक ८० करोडभन्दा बढीको दूध उत्पादन

लमजुङमा वार्षिक ८० करोडभन्दा बढीको दूध उत्पादन

लमजुङ,३ मंसिर । व्यावसायिक रूपमा पशुपालन गरिन थालेसँगै लमजुङ दूध उत्पादनमा आत्मर्निभर बन्न थालेको छ । प्रत्येक वर्ष दूध उत्पादन बढेसँगै जिल्ला दूधमा आत्मनिर्भर हुँदै गएको जिल्ला पशुसेवा कार्यालय लमजुङले जानकारी दिएको हो । व्यावसायिक पशुपालनले बढायो उत्पादन जिल्लामा पछिल्लो समय किसानले उन्नत जातका गाईभैँसी पाल्न थालेका छन् । संख्यात्मक रूपमा किसान संख्या धेरै वृद्धि नभए पनि गुणात्मक रूपमा दूध उ...
मतदान अधिकृतलाई प्रशिक्षण

मतदान अधिकृतलाई प्रशिक्षण

बैतडी,३ मंसिर ।  मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि बैतडीमा शुक्रबारदेखि प्रशिक्षण शुरु भएको छ । जिल्लामा दुई चरणमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइने भएको छ । मतदान केन्द्रमा गर्नुपर्ने काम, मतदातासँग गर्नुपर्ने व्यवहार, मतदान केन्द्रमा खटिएपछि गर्न नहुने कामका बारेमा जानकारी दिनका लागि सदरमुकाममा प्रशिक्षण शुरु ग...
पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ,३ मंसिर । काठमाडौँको डिल्लीबजार ओरालोमा पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार राति बा१प १३०७ नंको पर्यटक गाडीले बा८६प ९०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा कास्की पोखराका सञ्जय थापाको मृत्यु भएको हो । पर्यटक गाडीको ठक्करबाट घाइते भएका थापाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । थापा बानेश्वरस्थित कन्याम ब्वाइज...
पाँचथरमा निर्वाचन प्रभावित पार्ने गतिविधिमा संलग्न ११ जना पक्राउ

पाँचथरमा निर्वाचन प्रभावित पार्ने गतिविधिमा संलग्न ११ जना पक्राउ

पाँचथर,३ मंसिर । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा केही दिनयता पाँचथर प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका–१४ की टीकादेवी राई, फालेलुङ गाउँपालिका–५ की तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द गाउँपालिका–३ का विशाल राई, इच्छाबहादुर राई, एलिया नेम्वाङ रहेका छन् । त्यस्तै सोही गाउँपालिका–५ का जितबहादु...
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं, ३ मंसिर। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का पुत्र प्रकाश दाहालको निधन भएको छ । आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको परिवार स्रोतले जनाएको छ । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्या...
प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात

प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात

काठमाडौं, ३ मंसिर। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का पुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् । त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठ...
२०७४ मंसिर ३ गते आइतबारको राशिफल

२०७४ मंसिर ३ गते आइतबारको राशिफल

वि.सं. २०७४ साल मंसिर ३ गते। आइतबार। इश्वी सन् २०१७ नोभेम्बर १९ तारिख। नेपाल संवत् ११३८ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– प्रतिपदा, १७:५२ बजेउप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारम...
लमजुङमा काङ्ग्रेस कार्यालय नजिकै ‘कित्ली बम’ : सेनाद्वारा निष्क्रिय

लमजुङमा काङ्ग्रेस कार्यालय नजिकै ‘कित्ली बम’ : सेनाद्वारा निष्क्रिय

बेसीशहर,२ मंसिर । लमजुङ सदरमुकाम बेसीशहर स्थित ठाडोलाइनमा शनिबार बिहान कित्ली बक फेला परेको छ । जिल्ला सामुदायिक अस्पतालको गेट नजिकै चाउँचाउको कार्टुनभित्र राखिएको अवस्थामा बिहान करिब ७ बजे स्थानीयले संस्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका हुन । सेनाका अनुसार कित्लीभित्र बालुवा राखेर बालुवाभित्र सुतली राखेर बनाइएको बमलाई २ पटकको प्रयासमा विहान करिब साढे १० बजेतिर निष्क्रिय पार्न सफल भएको ...
धनकुटामा आज ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को चौथो चरणको अडिसन, संगालोखबरले लाइभ गर्ने

धनकुटामा आज ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को चौथो चरणको अडिसन, संगालोखबरले लाइभ गर्ने

धनकुटा, २ मंसिर । धनकुटामा आज ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को चौथो चरणको अडिसन हुँदैछ । कला सस्कृतिको जर्गेना गर्ने उद्धेश्यले टिन्स क्रियू डान्स सेन्टर धनकुटाले ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ आयोजना गरेको हो । यो चरण प्रवेश गरेका ४५ जना मध्येबाट आज २० जना छनौट हुँने ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ का संयोजक सुमन योगीले संगालोखबरलाई जानकारी दिएका छन । साउन ५ गतेबाट सुरु भएको ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को पाँचौ ...
ट्वाइलेट पेपर बोकेको गाडीबाट १७ केजी सुन बरामद

ट्वाइलेट पेपर बोकेको गाडीबाट १७ केजी सुन बरामद

काठमाडौं, २ मंसिर । चीनसँगको रसुवागढी भन्सार नाकाबाट प्रहरीले १७ केजी अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । बा ११ च ७९ १८ नम्बरको जीपबाट प्रहरीले १७ केजी भन्सार छलेर भित्र्याइएको सुनसहित चालक कासाङ दावा तामाङलाई पक्राउ गरिएको हो । रसुवाका प्रहरी नायक उपरीक्षक शरतकुमार थापाकाअनुसार शनिबार गाडीमा फल्स बटन बनाएर ल्याइँदै गरेको सुन रसुवागढी नाकाबाट समातिएको हो । गाडीले चीनबाट ट्वाइलेट पेर र छुर्...
असुरक्षित भएपछि लेवनानका प्रधानमन्त्री पेरिस तिर

असुरक्षित भएपछि लेवनानका प्रधानमन्त्री पेरिस तिर

रियाद, २ मंसिर । लेबनानका प्रधानमन्त्री साद अल हरीरीले साउदी अरब पनि छाडेका छन् । साउदी अरबको रियाद भ्रमणमा रहेका बेला उनले अप्रत्याशित रुपमा प्रधानमन्त्रीे पदबाट राजीनामा दिएका थिए । उनकाे राजीनामा  स्वीकृत भने भएकाे छैन । आफूलाई मार्ने षडयन्त्रको सूचना पाएको भन्दै पद त्याग गरेका हरीरी साउदी अरबबाटै फ्रान्सको पेरिस प्रस्थान गरेको बीबीसीले लेखेको छ । प्रधानमन्त्री हरीरी गत नोभेम्बरमा प्रधानमन्...
भृकुटीमण्डप मेलामा दैलेखको राडी, जुम्लाको सिमि

भृकुटीमण्डप मेलामा दैलेखको राडी, जुम्लाको सिमि

काठमाडौं, २ मंसिर । दैलेखबाट १९ सय रुपैयाँ गाडी भाडा तिरेर नरबहादुर बस्नेत भृकुटी मण्डपमा हस्तकला मेला भर्न आइपुगे। तर उनी आफुले दैलेखदेखि ल्याएका भेंडाका रौंबाट बनेका राडिपाखी बिक्रि हुनेमा भने आश्वस्त छैनन्। बढ्दो आधुनीकिकरणसँगै हामी नेपालीको ध्यान पनि विदेशी सामानतिर तानिँदै गएको छ। त्यसैले पनि हो, नेपाल हस्तकला महासंघले आयोजना गरेको १५औं हस्तकला मेलामा भेटिएका बस्नेत आफ्नो व्यापारप्रति अलि ...
निर्वाचन बिरोधी घटनामा संलग्न २ सय जना पक्राउ

निर्वाचन बिरोधी घटनामा संलग्न २ सय जना पक्राउ

काठमाण्डौ, २ मंसिर । विभिन्न जिल्लामा निर्वाचन विरोधी गतिविधिमा संलग्न २ सय जनालाई पक्राउ गरिएको गृहमन्त्रालयले जनाएको छ । उम्मेदवार लक्षित बम विस्फोटको श्रृंखला वढेपछि सुरक्षा निगरानी कडा पारिएको भन्दै निर्वाचन बिरोधी घटनामा संलग्न २ सय जना पक्राउ परेको गृह प्रवक्ता नारायण प्रसाद शर्माले जानकारी दिनुभयो । सुरक्षा चुनौती वढेसंगै केन्द्रीय सुरक्षा समितिले आवश्यक प...
८६ लाख नगदसहित ६ जना हुन्डी कारोबारी पक्राउ

८६ लाख नगदसहित ६ जना हुन्डी कारोबारी पक्राउ

विराटनगर, २ मंसिर । लामो समयदेखि विराटनगरमा बसेर अवैध ढंगले हुन्डीको कारोबार गर्दै आएका ६ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका ६ जनालाई प्रहरीले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । ठूलो परिमाणमा संगठित रूपमा हुन्डीको अवैध कारोबार हुने गरेको सूचनाका आधारमा खटिएको प्रहरीले विराटनगर ७ का अनुप सेठिया, ललित सेठिया, ...
बन्द भएको दोस्रो दिनमै खुल्यो एनालग टिभी प्रसारण

बन्द भएको दोस्रो दिनमै खुल्यो एनालग टिभी प्रसारण

काठमाडौं, २ मंसिर । एनालग प्रविधिमा प्रसारण हुने टेलिभिजन थप एक महिना बन्द नहुने भएको छ । डिजिटल टेलिभिजन प्रसारण सुरु गरिसक्नुपर्ने म्याद गुज्रिएपछि सरकारले बिहीबारदेखि एनालग प्रविधिको टेलिभिजन प्रसारण बन्द गराएको थियो । बिहीबारदेखि नै महानगर बासिन्दाको टेलिभिजन प्रसारण एक्कासि बन्द भएपछि उनीहरूले त्यसको विरोध गरेका थिए । सरकारी निर्णयको चौतर्फी विरोध भएपछि सूचना तथा सञ्चार मन्त्रालयले एनालग प...
आज पनि चुनाव विरोधी गतिविधि : ओखलढुंगामा बम विस्फोट

आज पनि चुनाव विरोधी गतिविधि : ओखलढुंगामा बम विस्फोट

ओखलढुंगा । वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट गरिएको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिए ।  विस्फोटमा मानवीय क्षति नभएको, सवारी साधनमा सामान्य क्षति भएको र घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए । वाम गठबन्धनको चुनावीसभामा न...
आठराई गाउँपालिकाको बजेट ३२ करोड

आठराई गाउँपालिकाको बजेट ३२ करोड

तेह्रथुम, २ मंसिर । आठराई गाउँपालिकाको आव २०७४/७५ को नीति कार्यक्रम तथा बजेट शुक्रबार सार्वजनिक भएको छ । आव २०७४÷७५ का लागि  ३२ करोड १५ लाख ६१ हजार १३३ को बजेट सार्वजनिक गरिएको हो । बजेटको चालुतर्फ करिब १७ करोड ७३ लाख र पूँजीगततर्फ करिब १४ करोड ४४ लाख विनियोजन भएको छ । चालु आवमा गाउँपालिकामा वित्तीय समानीकरणतर्फ करिब १६ करोड ९३ लाख, सशर्त अनुदानतर्पm करिब १४ करोड ४३ लाख र नेपाल सरकारबाट गत आव...
निर्वाचन अवस्थाबारे प्रदेश नं.१ स्तरिय गम्भीर बैठक

निर्वाचन अवस्थाबारे प्रदेश नं.१ स्तरिय गम्भीर बैठक

धनकुटा, २ मंसिर । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन प्रचारका क्रममा विभिन्न उम्मेदवार र तिनका प्रचार टोलीमाथि भइरहेका आक्रमणको सन्दर्भमा सुरक्षा चुनौती बढेको भन्दै सनिवार प्रदेश नम्बर १ स्तरिय सुरक्षा बैठक बिराटनगरमा बस्दैछ । वैठकमा प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनका सन्दर्भमा १ नम्वर प्रदेशमा पर्ने जिल्लाहरुको सुरक्षा अवस्थामा केन्द्रित हुने मोरङका ...
धनकुटामा विप्लव समूहका नेता-कार्यकर्ता धमाधम पक्राउ पर्दै, पक्राउ पर्नेको संख्या ८ पुग्यो

धनकुटामा विप्लव समूहका नेता-कार्यकर्ता धमाधम पक्राउ पर्दै, पक्राउ पर्नेको संख्या ८ पुग्यो

धनकुटा, २ मंसिर । धनकुटामा आज बिहान विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महालक्ष्मी नगरपालिकाका सेक्रेटरी विशाल मगर र पाख्रीवास नगरपालिकाका सेक्रेटरी आलोक भनिने हरी श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई सादा पोशाकमा खटिएका प्रहरीले पाख्रीवास नगरपालिका–३ बाट पक्राउ गरेको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारी...
तीन साहित्यकार गिरफ्तार: तत्काल रिहा गर्न माग

तीन साहित्यकार गिरफ्तार: तत्काल रिहा गर्न माग

काठमाडौं, २ मंसिर ।  प्रगतिशील लेखक संघ (प्रलेस)का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट साँझ थपलियालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । प्रलेसका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले विज्ञप्ति जारी गरी विनाकारण लेखकलाई नियन्त्रणमा लिइनु लेखकीय स्वतन्त्रताविपरीत भएको जन...
१० किलो सुर्तीले प्रहरीबीच कुटाकुट

१० किलो सुर्तीले प्रहरीबीच कुटाकुट

पर्सा प्रहरीको टाइगर टोली र सशस्त्र प्रहरी सीमा सुरक्षा बल विश्रामपुरका प्रहरी जवानबीच कुटाकुट भएको छ । एक व्यपारीले १० किलो खैनी लिएर बारा र पर्साको सीमाना सिंगहा नदीको पुलमा पुग्दा सशस्त्र प्रहरीका जवानले आफूले सो सामान समातेको र पर्सा प्रहरीको ना १ प २०७५ नम्बरको मोटरसाइकलमा सवार टाइगर टोलीका प्रहरीले पनिसोही दाबी गरेपछि विवाद बढ्दै गएर कुटाकुटसमेत भएको थियो । सादा पोसाकमा एक्लै रहेका सशस्त...
नेकपाका दुई सय कार्यकर्ता पक्राउ: उपत्यकामा उच्च सतर्कता

नेकपाका दुई सय कार्यकर्ता पक्राउ: उपत्यकामा उच्च सतर्कता

निर्वाचनक कार्यक्रम सुरु भएयता नेपाल कम्युनिस्ट पार्टी (विप्लव समुह)का एक सय ८९ नेता कार्यकर्ता पक्राउ परेका छन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ । निर्वाचनविरोधी गतिविधिमा संलग्न भई शान्ति सुरक्षामा खलल पुर्याउने नेकपाका कार्यकर्तालाई पक्राउ गरी अधिकांशलाई मुद्धा चलाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए । उनका अनुसार कार्तिक ९ गतेयता दाङबाट २०, कास्कीबाट १८...
२०७४ मंसिर २ गते शनिवारको राशिफल

२०७४ मंसिर २ गते शनिवारको राशिफल

वि.सं. २०७४ साल मंसिर २ गते। शनिबार। इश्वी सन् २०१७ नोभेम्बर १८ तारिख। नेपाल संवत् ११३८ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– औंसी, १६:१३ बजेउप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) व्यापार–व्यवसायमा मनग्गे लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। मध्याह्...
धनकुटाको तमोर बनमा दिनभर लाग्यो डढेलो, गोठसहित दर्जनौ हेक्टर जंगल नष्ट 

धनकुटाको तमोर बनमा दिनभर लाग्यो डढेलो, गोठसहित दर्जनौ हेक्टर जंगल नष्ट 

धनकुटा, १ मंसिर । धनकुटा नगरपालिका–८ को तमोर सामुदायिक वनमा शुक्रवार दिनभर भीषण डढेलो लागेको छ । डढेलेले दर्जनौ हेक्टर जंगलका साथै एउटा गोठसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । डढेलोका कारण नजिकको बस्तीसमेत जोखिममा परेपछि दिनभर प्रहरी र स्थानीयबासीले जढेलो नियन्त्रणको प्रयास गरेका थिए । डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपालीसेनासँगै स्थानीयबासी पनि खटिएका थिए । बिहानबाट...
धनकुटामा विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य पक्राउ, पक्राउ पर्नेको संख्या छ पुग्यो

धनकुटामा विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य पक्राउ, पक्राउ पर्नेको संख्या छ पुग्यो

धनकुटा, १ मंसिर । धनकुटामा शुक्रवार साँझ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य सुमन राईलाई प्रहरीले पक्राउ गरेको छ । सादा पोसाकमा खटिएका प्रहरीले धनकुटा–२ भीरगाउँबाट राईलाई नियन्त्रणमा लिएका हुन । योसँगै धनकुटामा पक्राउ पर्ने नेकपाका नेता–कार्यकर्ताको संख्या छ पुगेको छ ।  यसअघि बिहीबार खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको साप्तिङटारबाट जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतम ...
error: Content is protected !!