संगालोखबर सम्वाददाता

धनकुटा, १ मंसिर । धनकुटामा शुक्रवार साँझ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य सुमन राईलाई प्रहरीले पक्राउ गरेको छ । सादा पोसाकमा खटिएका प्रहरीले धनकुटा–२ भीरगाउँबाट राईलाई नियन्त्रणमा लिएका हुन । योसँगै धनकुटामा पक्राउ पर्ने नेकपाका नेता–कार्यकर्ताको संख्या छ पुगेको छ ।

 यसअघि बिहीबार खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको साप्तिङटारबाट जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतम र जिल्ला सदस्य रणकुमार राईलाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै जिल्ला सदस्य बिज्ञान भनिने मोहन ओझा, रञ्जित राई र प्रेम कटेललाई पनि प्रहरीले बुधबार पक्राउ गरेको थियो । ओझालाई हिले, राईलाई थलथले र कटेललाई पाख्रीवासबाट पक्राउ गरिएको हो ।

Advertisement

निर्वाचन बिरोधी गतिबिधि गरेकाले उनीहरुलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन ।  यसअघि स्थानीय तह निर्वाचनमा पनि निर्वाचन बिरोधी गतबिधि गरेको आरोपमा धनकुटाबाट नेकपाका जिल्ला इन्चार्ज शर्मासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरु निर्वाचन पश्चात छुटेका थिए । निर्वाचन विरोधी गतिबिधि गर्दै आएको भन्दै प्रहरीले नेकपाका नेता–कार्यकर्तामाथि निगरानी बढाएर धमाधम पक्राउ गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!