
काठमाडौं,३ मंसिर । पुत्र प्रकाश दाहालको असमायीक निधनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौ आइपुगेका छन् । दाहाल झापाबाट हेलिकोप्टरमार्फत काठमाडौँ आएका हुन् ।
प्रचण्ड बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न शनिबार झापा पुगेका थिए । झापामा आज बाम गठबन्धनको संयुक्त चुनावी सभा हुँदैछ । पुत्र प्रकाशको मृत्युले दाहाललाई बज्रपात परेपछि बिहान नै बजे हेलिकोप्टरमार्फत उनि काठमाडौ आएका हुन् ।
अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा दाहालका आफन्तजान पुग्ने क्रम जारी छ ।
पुर्व प्रधानमन्त्री समेत रहेका दाहालका एक मात्र छोरा प्रकाशको हृदयघातका कारण आज बिहान मृत्यु भएको हो । प्रचण्ड अस्पताल आइपुगेसँगै अस्पतालले पत्रकार सम्मेलन गरेर प्रकाशको मृत्युबारे जानकारी गराउने तयारी गरेको छ ।
यसैवीच अस्पतालमा अहिले दाहालका शुभचिन्तक, आफन्त, र विभिन्न पार्टीका नेता तथा कार्यकर्ताको भीड लागेको छ ।















