रियाद, २ मंसिर । लेबनानका प्रधानमन्त्री साद अल हरीरीले साउदी अरब पनि छाडेका छन् । साउदी अरबको रियाद भ्रमणमा रहेका बेला उनले अप्रत्याशित रुपमा प्रधानमन्त्रीे पदबाट राजीनामा दिएका थिए । उनकाे राजीनामा  स्वीकृत भने भएकाे छैन ।

Advertisement

आफूलाई मार्ने षडयन्त्रको सूचना पाएको भन्दै पद त्याग गरेका हरीरी साउदी अरबबाटै फ्रान्सको पेरिस प्रस्थान गरेको बीबीसीले लेखेको छ ।

प्रधानमन्त्री हरीरी गत नोभेम्बरमा प्रधानमन्त्री बनेका थिए । त्यसअघि उनी सन् २००९ देखि २०११ सम्म पनि प्रधानमन्त्री बनेका थिए । उनको बुवाको सन् २००५ मा हत्या भएको थियो । अहिले पनि त्यतिबेलाको जस्तै अवस्था आएको भन्दै हरीरीले साउदी अरबको भ्रमणबाट लेबनान नफर्किएर पेरिस प्रस्थान गरेका छन् ।

फ्रान्सले लेबनानको राजनीतिक संकट समाधानका लागि मध्यस्थता गर्दै आएको छ । फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले भनेका छन्– साउदी अधिकारीहरुसँग वार्ता गर्न हरीरीलाई पेरिस बोलाइएको छ ।

लेबनानका अधिकारीहरुले हरीरीलाई साउदी अरबले नियन्त्रणमा लिएको भनेर गरिएको दाबीलाई रियादले झुठो बताउँदै आएको छ । साथै उसले हरीरीलाई राजीनामा दिन दबाव दिएको आरोपको पनि खण्डन गरेको छ ।

लेबनानमा इरान र हिजबुल्लाहले राजनीतिक हस्तक्षेप गर्दै आएको साउदीको आरोप छ । साउदी अरब इरान र हिजबुल्लाहको कट्टर विरोधी देश हो ।-बीबीसी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!