निर्वाचनक कार्यक्रम सुरु भएयता नेपाल कम्युनिस्ट पार्टी (विप्लव समुह)का एक सय ८९ नेता कार्यकर्ता पक्राउ परेका छन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।

Advertisement

निर्वाचनविरोधी गतिविधिमा संलग्न भई शान्ति सुरक्षामा खलल पुर्याउने नेकपाका कार्यकर्तालाई पक्राउ गरी अधिकांशलाई मुद्धा चलाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार कार्तिक ९ गतेयता दाङबाट २०, कास्कीबाट १८, रुकुमबाट १७, बर्दियाबाट नौ, गोरखा, पाँचथर, ताप्लेजुङबाट आठ आठ र बैतडीबाट पाँच जना पक्राउ परेका छन् ।

उपत्यकामा उच्च सतर्कता
काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको छ । उपत्यका आसपासका क्षेत्रमा समेत आक्रमणका घटना बढेकाले सुरक्षा चुनौती बढेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!