बेसीशहर,२ मंसिर । लमजुङ सदरमुकाम बेसीशहर स्थित ठाडोलाइनमा शनिबार बिहान कित्ली बक फेला परेको छ ।

Advertisement

जिल्ला सामुदायिक अस्पतालको गेट नजिकै चाउँचाउको कार्टुनभित्र राखिएको अवस्थामा बिहान करिब ७ बजे स्थानीयले संस्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका हुन ।

सेनाका अनुसार कित्लीभित्र बालुवा राखेर बालुवाभित्र सुतली राखेर बनाइएको बमलाई २ पटकको प्रयासमा विहान करिब साढे १० बजेतिर निष्क्रिय पार्न सफल भएको हो । प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले उक्त बम सेनाले निष्क्रिय पारेको पुष्टि गरेका छन् ।

नेपाली काङग्रेसको आयोजनामा शनिबार हुन लागेको आम सभालाई लक्षीत गरी उक्त बम राखिएको हुनसक्ने कांग्रेस नेता कार्यकर्ताले बताएका छन् । काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शंशाक कोइराला लगायताका नेताहरुले उक्त कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सुरक्षा निकायले भने नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले बम राखेको हुनसक्ने आँकलन गरेका छन् ।

उक्त बम काङ्ग्रेस पार्टी कार्यालयबाट करीब ५०÷६० मिटरको दुरीमा रहेको छ भने वरपर सरकारी कार्यालय पनि रहेका छन् । अन्य ठाउँमा पनि बम हुनसक्ने भन्दै सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरेको छ ।

शनिबार बिहान साढे ६ बजेतिरमात्रै बाँझखेतको आँपचौर जंगलमा बम पड्काएको आवाज सुनिएको प्रहरीले बताएको छ ।

आज बिहान मात्र ओखलढुंगामा वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट गरिएको थियो ।

सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिए ।

त्यस्तै,  सल्यानमा बामगठबन्धनको निर्वाचन प्रचार सामाग्री पनि आज जलाइएको छ । बागचौर नगरपालिका ३ खालीमा प्रचारमा रहेको बामगठबन्धनका कार्यकर्तासँग सामाग्री खोसेर जलाइएको छ ।

मतदाता शिक्षा सामाग्री र बामगठबन्धनका प्रचार सामाग्री जलाइएको स्थानीयले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!