- संगालोखबर सम्वाददाता

धनकुटा, १ मंसिर । धनकुटा नगरपालिका–८ को तमोर सामुदायिक वनमा शुक्रवार दिनभर भीषण डढेलो लागेको छ । डढेलेले दर्जनौ हेक्टर जंगलका साथै एउटा गोठसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Advertisement

डढेलोका कारण नजिकको बस्तीसमेत जोखिममा परेपछि दिनभर प्रहरी र स्थानीयबासीले जढेलो नियन्त्रणको प्रयास गरेका थिए । डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपालीसेनासँगै स्थानीयबासी पनि खटिएका थिए ।

बिहानबाट सुरु भएको डढेलो साँझ करिव ७ बजे नियन्त्रण भएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले संगालोखबरलाई बताएका छन । घटनामा कुनै पनि मानविय क्षति भने भएको छैन । आगलागीको कारण खुल्न सकेको छैन ।

यसअघि प्रकाशित यो समाचार पनि पढ्नुहोस्…

धनकुटाको याक्चनामा भीषण डढेलो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!