काठमाडौं,३ मंसिर । निरन्तर ओरालो लागेको बजारमा सेयरमूल्य तुलनात्मक रूपमा सस्तिएपछि गत साता नेप्सेमा केही सुधार देखिएको छ । पाँच दिनका लागि खुलेको बजार तीन कारोबार दिन बढेको थियो भने दुई कारोबार दिन घटेको थियो ।

Advertisement

सस्तो मूल्यमा राम्रा कम्पनीहरूको सेयर खरिद गर्नेहरू बढेपछि गत साताको तीन दिन बजार उकालो लागेको थियो ।

तर, सोही गतिलाई निरन्तरता दिन नसक्दा भने पछिल्ला दुई कारोबार दिनमा बजार पुनः ओरालो लागेको छ । गत साता नेप्से परिसूचक २८ दशमलव ३३ अंक बढेको छ ।

अघिल्लो साताको तुलनामा गत साताको कारोबार रकम १५ दशमलव ६ प्रतिशत बढेको छ । सूचीकृत कम्पनीहरूले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विवरणले लगानीकर्ता निराश भएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूले पहिलो त्रैमासको वित्तीय विवरणमा खासै नाफा आर्जन गरेको देखिँदैन । यसले लगानीकर्ताको मनोबल घट्न पुगेको छ ।

गत साता १ सय ८० कम्पनीको २९ हजार ३ सय ३० पटकको कारोबारमा रु. २ अर्ब ९२ करोड ५ लाख १५ हजारबराबरको ६८ लाख २७ हजार ६ सय ८० कित्ता सेयर खरिद–बिक्री भएको छ ।

अघिल्लो साताको तुलनामा गत साताको कारोबार रकम १५ दशमलव ६ प्रतिशत बढेको छ । अघिल्लो साता १ सय ७९ कम्पनीका २९ हजार १३ पटकको कारोबारबाट २ अर्ब ५२ करोड ६४ लाख ९० हजार रुपैयाँबराबरको ६० लाख ५९ हजार ६ सय ४० कित्ता सेयर खरिद–बिक्री भएको थियो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ४ सय ६० दशमलव ७३ बिन्दुमा बन्द भएको बजार गत साताको बिहीबार १ हजार ४ सय ८९ दशमलव शून्य ६ बिन्दुमा बन्द भएको छ ।

परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव ९२ अंक बढेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशमलव ५८ अंक बढेर ३ सय १३ दशमलव १२ बिन्दुमा पुगेको छ ।

गत साता कारोबारमा आएको उत्पादनमूलक, वाणिज्य बैंक, जलविद्युत् र ‘अन्य’ समूहको परिसूचक बढेको छ भने अरू सबै समूहको परिसूचक घटेको छ ।

कारोबारमा आएको उत्पादनमूलक समूहको परिसूचक ७० दशमलव ९१ अंक बढेको छ । त्यसैगरी, जलविद्युत् समूहको परिसूचक ६० दशमलव ४५ अंक, ‘अन्य’ समूहको २६ दशमलव ६ अंक र वाणिज्य बैंक समूहको ८ दशमलव ७८ अंक बढेको छ ।

बिमा समूहको परिसूचक ४५ दशमलव ५३ अंक, होटेल समूहको ३८ दशमलव ३२ अंक, विकास बैंक समूहको १६ दशमलव २७ अंक, व्यापार समूहको ४ दशमलव शून्य ५ अंक र वित्त समूहको १ दशमलव ९३ अंक घटेको छ ।

गत साता नेप्सेमा ६ कम्पनीका कुल १ करोड ४ लाख २० हजार ५ सय ५० दशमलव ७ कित्ता सेयर सूचीकृत भएका छन् । सो साता सनराइज बैंकले ७ लाख १० हजार ७ सय ९ कित्ता, कन्काई विकास बैंकले ३२ लाख १० हजार, गुडविल फाइनान्सले २७ लाख २२ हजार ५ सय कित्ता र कामना सेवा विकास बैंकले २४ लाख १३ हजार १ सय ३७ दशमलव ६० कित्ता हकप्रद सेयर सूचीकृत गरेका छन् ।

त्यसैगरी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १२ लाख २० हजार ४ सय कित्ता र नेपाल इन्स्योरेन्सले १ लाख ४३ हाजर ८ सय ४ दशमलव १० कित्ता बोनस सेयर सूचीकृत गरेको छ ।

गत साता कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड अगाडि रहेको छ भने सेयर संख्याका आधारमा प्रभु बैंक अगाडि रहेको छ । कारोबार संख्याका आधारमा भने नेपाल ग्रामीण विकास बैंक अगाडि रहेको छ ।

सो साता चिलिमेको १६ करोड १९ लाख ९० हजारबराबरको सेयर खरिद–बिक्री भएको छ । प्रभु बैंकको ६ लाख ९८ हजार कित्ता सेयर कारोबार भएको छ भने नेपाल ग्रामीणको १ हजार ६ सय ९ पटक कारोबार भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!