बम विष्फोटपछि नुवाकोटमा निकालिएको शान्ति र्‍यालीमा झडप

बम विष्फोटपछि नुवाकोटमा निकालिएको शान्ति र्‍यालीमा झडप

काठमाडौं, १ मंसिर । शुक्रबार दिउँसो कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी नुवाकोटमा बम विष्फोट भएपछि निकालिएको शान्ति र्‍यालीका क्रममा झडप भएको छ । नुवाकोटको रानीपौवामा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यक्रमबीच झडप भएको हो । त्यहाँ दुई पक्षबीच ढुंगाहान सुरु गएलगत्तै प्रहरीको टोली घटनास्थलतर्फ भएको छ । अहिले दुई पक्षबीच वार्ता चारी रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बर...
आधुनिक प्रविधिको अभावमा इलामको अलैँचीले बजार पाएन

आधुनिक प्रविधिको अभावमा इलामको अलैँचीले बजार पाएन

इलाम, १ मंसिर । परम्परागत भट्टी प्रतिस्थापन हुन नसक्दा नेपालको अलैँचीले अपेक्षिकृत रुपमा विश्व बजार पाउन सकेको छैन। विश्वमा नै गुणस्तरीय उत्पादन मानिएको नेपालको अलैँची सुकाउने आधुनिक भट्टीको प्रयोग नहुँदा बजार पाउन समस्या रहेको छ। खोल्साको कालो सुन उपमा पाएको अलैँचीको बजार मूल्यमा निरन्तर गिराबट आउँदा किसान निराश छन्। परम्परागत भट्टीमा सुकाइएको अलैँचीको दाना समान रूपले नसुक्ने, भट्टीमा सिधै धुँ...
केवल टिभीमा एनालग प्रविधि विस्थापित गर्न व्यवसायीले मागे थप समय

केवल टिभीमा एनालग प्रविधि विस्थापित गर्न व्यवसायीले मागे थप समय

काठमाडौं, १ मंसिर । सरकारलार्इ नेपाल केवल टिभी व्यवसायी महासंघ र नेपाल केवल टिभी महासंले संयुक्त ज्ञापनपत्र बुझाउँदै एनालग प्रविधि विस्तापित गर्नको लागि समय माग गरेका छन्। विहिबार सूचना तथा संचार मन्त्रालयमा दुर्इ महासंघले संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै एनालग प्रविधि विस्तापित गरेर टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्नका लागि केहि समयको माग गरेका हुन्। यहि विषयमा सूचना तथा संचार मन्त्र...
राजधानी र प्रमुख नतोकिँदा प्रदेशसभाको तयारी शून्य

राजधानी र प्रमुख नतोकिँदा प्रदेशसभाको तयारी शून्य

काठमाडौं, १ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुन केही दिन मात्र बाँकी रहँदासमेत प्रदेशको राजधानी र प्रमुख तोकिएको छैन । प्रदेशको राजधानी र प्रदेश प्रमुख नतोकिँदा प्रदेशसभा बस्ने ठाउँ तथा संघीयता कार्यान्वयनसँग जोडिएका अरु विषय अन्योलमा परेको छ । मंसिर १० र २१ गते हुने चुनावबाट केन्द्रमा चुनिने प्रतिनिधिसभाको बैठक बस्नका लागि लगभग तयारी पूरा भए पनि प्रदेशको हकमा भने अझैसम्म सिन्कोसमेत भा...
निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम एक हप्ताभित्र आइसक्नेः प्रमुख आयुक्त डा यादव

निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम एक हप्ताभित्र आइसक्नेः प्रमुख आयुक्त डा यादव

काठमाडौँ, १ मंसिर । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने जनाएको छ । मतगणनास्थल सकेसम्म विद्यालयमा नराखी पाँच दिनभित्र निर्वाचनका मतपरिणाम सार्वजनिक गर्ने आन्तरिक तयारीमा आयोग जुटेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भन्नुभयो, “प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने छ, छिटोभन्दा छिटो मत...
धनगढीमा नेकपाका चार कार्यकर्ता पक्राउ

धनगढीमा नेकपाका चार कार्यकर्ता पक्राउ

धनगढी, १ मंसिर । निर्वाचन विरोधी गतिविधि गरेको भन्दै कैलालीमा नेपाल कम्युनिष्ट पार्टी ९विप्लव० का चारजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले नेपाल कम्युनिष्ट पार्टी ९विप्लव० का जिल्ला इञ्चार्ज रामप्रसाद चौधरी, क्षेत्रीय ब्यूरो सदस्य प्रकाश मल्ल, भूमिहीन सुकुम्वासी संघका केन्द्रीय उपाध्यक्ष मीनराज गिरी र तपेन्द्र रसाइलीलाई बिहीबार पक्राउ गर...
आज बाला चतुर्दशी यसरी छरियो पशुपतिमा शतविज

आज बाला चतुर्दशी यसरी छरियो पशुपतिमा शतविज

काठमाडौ, १ मंसिर । आज बाला चतुर्दर्शी । अर्थात शतवीज छर्ने दिन । सनातन हिन्दु धर्मावलम्बीहरुले मंसिरको कृष्ण पक्षको चतुर्दर्शीलाई विशेष रुपमा लिने गर्दछन् । आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राती महादिप बाली जाग्राम बसी चतुर्दर्शीको बिहान शतवीज छर्ने चलन छ । महादीप बाल्नाले मृत्युवरण गरेकाको असन्तुष्ट आत्मा भए प्रकाशित भई सद्गति हुने मान्यता छ । त्यस्तै शिवालयमा शतवीज छर्ना...
ओनसरी घर्ती र कृष्णबहादुर महरा चढेको गाडीलाई लक्षित गरी बम विस्फोट

ओनसरी घर्ती र कृष्णबहादुर महरा चढेको गाडीलाई लक्षित गरी बम विस्फोट

राेल्पा, १ मंसिर । निर्वतमान सभामुख ओनसरी घर्ती, माओवादी नेताहरू कृष्ण बहादुर महरा, वर्षमान पुन लगायत प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेद्वारहरू चढेकोे गाडीलाई लक्षित गर्दै रोल्पा सदरमुकाम नजिकै बम बिस्फोट गराइएको छ । सदरमुकाम नजिकै भदौरे जंगलको घुम्तीमा बम बिस्फोट गराइएको हो। नेताहरू दाङ हुँदै रोल्पाको चुनावी सभामा आउँदै गर्दा बिष्फोट गराइएको प्रहरीले जनाएको छ। ‘टार्गेट हामीलाई गरिएको भए पन...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौं, १ मंसिर । नेपाली बजारमा दैनिक सुनको भाउ उकालो लागि रहेको बेला आज भने घटेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज  नेपाली बजारमा छापावाला सुन ५५ हजार ९ सय र तेजावी सुन ५५ हजार ६ सयमा कारोबार भईरहेको छ । हिजो छापावाला सुन तोलामा ५६ हजार १ सय र तेजावी सुन ५५ हजार ८ सयमा कारोबार भएको थियो । आज चाँदीको भाउ ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाइने

भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाइने

काठमाडौँ, १ मंसिर ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मंसिर मसान्तभित्र भूकम्प प्रभावित सबै जिल्लाका प्रत्येक वडामा इन्जिनियर परिचालन गर्ने भएको छ । प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा बसेको प्राधिकरणको ९२ औँ बैठकले हालै नियुक्त गरिएका प्राविधिक जनशक्तिलाई मंसिर ७ देखि १५ गतेसम्म अभिमुखीकरण तालीम दिई यो महिनाको अन्तिमसम्म प्रभावित ३१ जिल्लाका प्रत्येक वडामा खटाउने निर्णय गरेको ह...
चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

भक्तपुर, १ मंसिर । महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प। १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षिय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल काठमाडाँै २० भीमसेनस्थानबाट चोरी ...
धनकुटाको याक्चनामा भीषण डढेलो

धनकुटाको याक्चनामा भीषण डढेलो

धनकुटा, १ मंसिर । धनकुटा नगरपालिका ८ याक्चनामा सुक्रवार बिहानदेखि भीषण डढेलो लागेको छ । जंगलमा अकस्मात आगो सल्किएको प्रहरीले जनाएको छ । डढेलोमा आसपासको वस्ति समेत जोखिममा पर्न सक्ने भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डढेलो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी र स्थानीयबासी परिचालित रहेको स्रोतले जनाएको छ । घटनामा कुनै पनि मानविय क्षति भने भएको छैन । अपरान्हसम्म आगो निय...
चिकित्सकमाथि हातपात गर्ने प्रहरीलाई वर्खास्त गर्न चिकित्सक संघको माग

चिकित्सकमाथि हातपात गर्ने प्रहरीलाई वर्खास्त गर्न चिकित्सक संघको माग

काठमाडौँ, १ मंसिर । चिकित्सकमाथि हातपात गर्ने प्रहरीलाई सेवाबाट वर्खास्त गर्न सरकारी चिकित्सक संघ (गोदान) सरकार समक्षमाग गरको छ । सरकारी चिकित्सक संघले आज विज्ञप्ती जारी गर्दै इनरुवा अस्पतामा भएको घट्ना प्रति भत्सना गर्दे दोषिलाई कारवाही हुनुपर्ने माग छ । दुर्घटनामा घाईते भएका आफ्न्तको मृत्यु भएको विषयलमा सुनसरी जिल्ला प्रहरी कार्यालयमा  कार्यरत प्रहरी निरीक्षक सन्तोष पोखरेलले चिकित्सकलाई हातपा...
मोटरसाइकलको  ठक्करबाट अमेरिकन नागरिकको मृत्यु

मोटरसाइकलको ठक्करबाट अमेरिकन नागरिकको मृत्यु

  काठमाडौँ, १ मंसिर । काठमाडौँको ज्याठामा पिकअप भ्यानमा मोटरसाइकल ठोकिँंदा एक अमेरिकन नागरिकको मृत्यु भएको छ । बिहीबार साँझ ५ बजे सडक छेउमा रोकी सामान झारिरहेको बा १४ च ४९९६ नम्बरको पिकअफ भ्यानको ढोकामा बा ५८ प ३७१८ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल सबार अमेरिकन नागरिक रोबर्ट ग्रोबरको मृत्यु भएको हो । गम्भीर घाइते भएका ग्रोबरलाई उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोम...
कफीको माग बढ्यो, उत्पादन बढेन

कफीको माग बढ्यो, उत्पादन बढेन

काठमाडौं, १ मंसिर ।आन्तरिक तथा विदेशी बजारमा कफीको माग उच्च भएपनि उत्पादन बढ्न सकेको छैन । कफी खेतीबाट उच्च मूल्यसहित प्रतिफल लिन सकिने भएपनि अपेक्षित रुपमा कफी खेती विस्तार हुन सकेको छैन । चिया तथा कफी विकास बोर्डले हेरक वर्ष कफी खेती विस्तार भएको बताउँदै आएपनि उत्पादन वृद्धिदर निकै कमजोर छ । आर्थिक वर्ष ०६८÷६९ मा १७ सय ६० हेक्टर क्षेत्रफलमा कफी खेती गर्दा पाँच सय २३ मेट्रिक टन उत्पादन भएको थ...
गौचन हत्यामा संलग्न थप दुई जना कपनबाट पक्राउ

गौचन हत्यामा संलग्न थप दुई जना कपनबाट पक्राउ

काठमाडौँ, १ मंसिर । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न  गिरोहका थप २ जनालाई प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको छ । उनीहरुलाई केही हतियारसहित पक्राउ गरेको महानगरीय प्रहरी कार्यलयका डिआइजी गणेश केसीले जानकारी दिए । प्रहरीले पक्राउ परेकाहरु नाम भने खुलइाएको छैन । पक्राउ परेकाहरुले गौचनको सूचना सुटरलाई दिने तथा हत्यामा प्रयोग गरिएका हतियार लुकाउन मद्दत गरेको प्रहरी...
एसीसी यू-१९ एसिया कप: नेपाल १०३ रनमा अलआउट, अफगानिस्तका मुजिव उरले लिए ६ विकेट

एसीसी यू-१९ एसिया कप: नेपाल १०३ रनमा अलआउट, अफगानिस्तका मुजिव उरले लिए ६ विकेट

काठमाडौं, १ मंसिर । मलेसियामा भइरहेको एसीसी यू-१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको छ। मुजिव उर रहेमानले ६ विकेट लिएपछि किनरारा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल  २८ ओभरमा १०३ रनमै अलआउट भयो। नेपालका लागि अनिलकुमार शाहले अर्धशतक प्रहार गरे पनि अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। दोस्रो ओभरमा ओपनर आसिफ शेख (०) र चौथो ओभरमा अर्का ओपनर ज...
झापामा माइक्रोबसको ठक्करबाट एक दम्पतीको मृत्यु

झापामा माइक्रोबसको ठक्करबाट एक दम्पतीको मृत्यु

झापा, १ मंसिर ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा आज विहान माइक्रोबसको ठक्करबाट एक दम्पतीको मृत्यु भएको छ। माइक्रोबसको ठक्करबाट दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनकी श्रीमती ५२ वर्षीया मनमाया ढकालको मृत्यु भएको हो। पश्चिमबाट पूर्वतर्फ गइरहेको मे१प ९८९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई पूर्वबाट पश्चिम गइरहेको वा३ख ५८८७ नम्बरको माइक्रोब...
कतार सरकारले विदेशी कामदारको तलवमान तोक्यो

कतार सरकारले विदेशी कामदारको तलवमान तोक्यो

दोहा, १ मंसिर । आप्रवासी कामदारमाथि आर्थिक शोषण भएको गुनासो चुलिरहेको वखत कतार सरकारले पहिलोपटक विदेशी कामदारका लागि करिब २ सय अमेरिकी डलर न्यूनतम मासिक तलब तोकेको छ । विभिन्न मानव अधिकारवादी संस्थाहरुले आप्रवासी कामदारमाथि शोषण भएको जनाउँदै आलोचना गरिरहेका थिए । यस्तो बेला कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल ९झण्डै २ सय अमेरिकी डलर तोकेको स्रोतले जनाएको छ ।कतारको यस ...
तपाईंले पानी पिउने सिसाको गिलास कति सुरक्षित छ ?

तपाईंले पानी पिउने सिसाको गिलास कति सुरक्षित छ ?

काठमाण्डाै, १ मंसिर ।  हिजोआज हामीले पानी पिउने सिसाका गिलास अनेक रंगमा बुट्टाले सजाइएका हेर्दा सुन्दर हुन्छन् । तर यस्ता सिसाका गिलासमा हुने लिड र क्याडमियमको स्तर हाम्रो स्वास्थ्यका लागि हानिकारक हुने एउटा बेलायती अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ प्लाइमाउथका अनुसन्धानकर्ताले ७२ वटा पानी खाने गिलास जसमा बुट्टा बनाइका थिए, को अध्ययन गरे । यस्ता गिलासमा टमलर्स, बियर र वाइन खाने गिलासका साथै जार...
कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी नुवाकोटमा बम विष्फोट

कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी नुवाकोटमा बम विष्फोट

 काठमाडौं, १ मंसिर । कांग्रेस नेता डा. रामशरण महतमहतको चुनाव प्रचार टोलीलाई लक्षित गरी नुवाकोटमा वम विष्फोट भएको छ । त्यहाँको ककनी–५, काउलेथामा बम विष्फोट भएको हो । ककनी गाउँपालिकाबाट चतुरालेतर्फ जाँदै गर्दा भएको विष्फोटको छर्रा लाग्दा ३ जना कांग्रेस कार्यकर्ता घाइते भएको शसस्त्र प्रहरीका डिएसपी बासुदेव लोहनीले अनलाइनखबरलाई बताए । घटनाको लगत्तै सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । महत नुव...
भोजपुरमा नेकपाका चार कार्यकर्ता पक्राउ

भोजपुरमा नेकपाका चार कार्यकर्ता पक्राउ

भोजपुर, १ मंसिर ।  निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्ता पक्राउ परेका छन् । नेकपा (एमाले) उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले विहिबार भोजपुरका विभिन्न स्थानबाट प्रक्राउ गरेको हो । टेम्केमैयुङ्ग गाउँपालिका–२ छिनामखुबाट लोकबहादुर विष्ट, षडानन्द नगरपालिका–२ कुदाकक...
नेपाल पराजयको नजिक, वर्षाका कारण खेल अवरुद्ध

नेपाल पराजयको नजिक, वर्षाका कारण खेल अवरुद्ध

काठमाडौँ, १ मंसिर । एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा नेपालविरुद्ध जीतका लागि अफगानिस्तानलाई १० रन आवश्यक हुँदा वर्षाका कारण खेल अवरुद्ध भएको छ । नेपालले प्रस्तुत गरेको १०४ रनको झिनो लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले मात्र १ विकेट गुमाउँदै १८ ओभरमा ९४ रन बनाइसकेको छ । अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ६९ रन बनाएर नटआउट रहेका छन् । उनले यसक्रममा ९ चौका र २ छक्का हिर्काएका छन्...
ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने

ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने

ओखलढुंगा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ओखलढुंगामा एक हजार १२८ जना कर्मचारी खटाइने भएको छ । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० हुन लागेको निर्वाचनका लागि यस जिल्लामा एकहजार १२८ कर्मचारी खटाउन लागेको ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत केसीका अनुसार निर्वाचनका लागि खटाइने कर्मचारीको नामावली तयार पारिसकिएको छ । यही मंसिर ७ गते तोकिएको मतद...
नेपालमा पनि हावाबाट बिजुली निकालियो

नेपालमा पनि हावाबाट बिजुली निकालियो

रामपुर, पाल्पा, १ मंसिर । पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली निकालेपछि दुर्गम भेगका सरकारी कार्यालयको कामकाजमा सजिलो भएको छ । पिडा काठमाण्डौँ नेपाल, काठमाण्डौँ अल्टरनेट पावर इनर्जी ग्रुप नेपाल र ग्रिस देशको सामाजिक संस्थाको सहयोगमा मित्यालमा हावाबाट बिजुली बत्ती आएपछि विद्युत् सेवाबाट कार्यालयको काम सहज भएको हो । एक हजार २०० वाट क्षमताबाट निस्दी गाउँपालिका–४ मित्यालको वडा कार्यालय र म...
पाँच रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क

पाँच रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क

पाल्पा, १ मंसिर । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकालाई स्थानीय बासिन्दाले निःशुल्क रुपमा पाँच रोपनी जग्गा प्रदान गरेका छन् । गाउँपालिकाको भवन निर्माणका लागि बगनासकाली–१, चिर्तुङ्गधारा निवासी शोभाखर, कपिल र दिलीप ढुंगानाले निःशुल्करुपमा पाँच रोपनी जग्गा दिने घोषणा गरेका हुन् । गाउँपालिकालाई प्रदान गरिएको ढुंगाना परिवारको पाँच रोपनी जग्गा बगनासकाली गाउँपालिका बैठकले लिने निर्णय गरेको गाउँपालि...
सर्वोच्चका न्यायाधीशहरु साढे ९ बजेनै अदालत आइपुग्नुपर्ने

सर्वोच्चका न्यायाधीशहरु साढे ९ बजेनै अदालत आइपुग्नुपर्ने

काठमाडौँ, १ मंसिर । सर्वोच्च अदालतले सबै न्यायाधीशहरुलाई प्रत्यक दिन बिहान ९:३० बजे नै कार्यलयमा हाजिर भैसक्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । मङ्सिर १ गतेबाट लागु हुनेगरी यो व्यवस्था भएको सर्वोच्च अदालतले जनाएको छ । मुद्दाको चापलाई मध्यनजर गर्दै न्यायाधीसहरुलाई कार्यालय समय सुरु हुनुभन्दा आधा घण्टा अघि नै कार्यालयमा आउनुपर्ने व्यवस्था गरेको हो । त्यस्तै सर्वोच्च अदालतले आइतबार बिहानदेखि बिही...
भोजपुरको दुम्मानामा आगलागी, १० लाखको क्षति

भोजपुरको दुम्मानामा आगलागी, १० लाखको क्षति

भोजपुर, १ मंसिर । भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा बिहीबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । आमचोक गाउँपालिकाको दुम्मानाका खड्गबहादुर चौहानको घरमा आगलागी भएको हो । घर नजिकै रहेको गाईको ग्वालीबाट गाईवस्तुलाई खोले पकाउने क्रममा आगो सल्केको हो । आगोले चौहानको घरमा रहेको सुन, नगद, अन्नपात, भाँडावर्तनलगायत सम्पूर्ण सामग्री जल्दा १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दक्षिणी क्षे...
काङ्ग्रेसलाई उपेन्द्र यादवको सुझाव : ‘बुद्धि पुर्याएर आए, अझै तालमेल गर्न तयार छौँ’

काङ्ग्रेसलाई उपेन्द्र यादवको सुझाव : ‘बुद्धि पुर्याएर आए, अझै तालमेल गर्न तयार छौँ’

काठमाडौँ, १ मंसिर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपाली काङ्ग्रेसलाई अझै पनि चुनावी तालमेल गर्न आग्रह गरेका छन् । लोकतान्त्रिक गठबन्धन बनाउने भनिए पनि काङ्ग्रेसले उदारता देखाउन नसकेको आरोप लगाउँदै यादवले अन्तिम समयसम्म पनि आफूहरु तालमेलका लागि तयार रहेको बताए । रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसका क्रममा अध्यक्ष यादवले मधेशमा राजपा–फोरमसँग तालमेल गर्ने हो भने काङ्ग्रेसलाई...
गौचन हत्यामा ‘बाहुन डन’ समूहसमेत संलग्न

गौचन हत्यामा ‘बाहुन डन’ समूहसमेत संलग्न

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा बाहुन डन (रमेश पौडेल) समूहका व्यक्तिको समेत संलग्नता खुलेको छ । गौचनको हत्यामा संलग्नमध्ये एक बोका भनिने गंगा लिङदेन बाहुन समूहका व्यक्ति हुन् । चार वर्षअघि ललितपुरमा बाहुनकै योजनामा ललितपुरमा मीनकृष्ण महर्जनलाई गोली हानेको घटनामा उनी पक्राउ परेका थिए । पक्राउ परेर छुटेलगत्तै उनी गौचन हत्याको घटनामा संलग्न भएको प्रहरीले जनााएक...
अनिल शाह मेगा छाडेर सेञ्चुरी जाने: बैंकर्स एसोसिएसन नेतृत्वविहीन !

अनिल शाह मेगा छाडेर सेञ्चुरी जाने: बैंकर्स एसोसिएसन नेतृत्वविहीन !

बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन नेतृत्वविहीन हुने भएको छ । एसोसिएसनका अध्यक्ष अनिलकेसरी शाह मेगा बैंक छाडेर सेञ्चुरी कमर्सियल बैंकमा जाने निश्चित भएपछि एसोसिएसन पनि नेतृत्वविहीन हुने भएको हो । आजको कारोबारमा खबर छ । २ वर्ष पदावधि रहेको एसोसिएसनको हालका अध्यक्ष शाहले जिम्मेवारी सम्हालेको एक वर्षमात्र पुगेको छ । २ सातापछि एसोसिएसनको नियमित वार्षिक साधारणसभा छ । र पुष १७ देखि उनी सेञ्च...
error: Content is protected !!