टिकट वितरणमा विवाद: कार्यकर्ताबाटै कुटिए कांग्रेस सांसद यादव
सिरहा, २१ भदौ। स्थानीय चुनावको टिकट वितरणलाई लिएर नेपाली कांग्रेसका सांसद रामचन्द्र यादव आफ्नै कार्यकर्ताबाट कुटिएका छन् ।
सिरहा नगरपालिकाको टिकटलाई लिएर कांग्रेसमा डा. सुभाषचन्द्र यादव र उपेन्द्र यादव समूहबीच विवाद थियो । दुबैले मेयरको टिकट दाबी गरेका थिए, जसका कारण अन्य स्थानीय तहको उम्मेदवार तय भएपनि सिरहा नगरको हुन सकेन ।
सिरहाका चार सांसदले मंगलबार दिनभर प्रयास गरेपनि सहमति जुट्न सकेन । ब...

















