नक्कली भारतीय नोटसहित बारामा ३ जना पक्राउ

नक्कली भारतीय नोटसहित बारामा ३ जना पक्राउ

बारा, ४ मंसिर । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१, पथलैयाको एक होटलमा ३ जना भारतीय नागरिकले खाजा खाए । त्यसको पैसा तिर्न उनीहरुले भारु २ हजारको नोट निकाले । तर, त्यो त्यहाँ साटिएन । नजिकैको राजेन्द्र खतिवडाको किराना पसलमा ती भारतीय नागरिक पैसा साट्न गए । खतिवडालाई ती नोटप्रति शंका लाग्यो । र, प्रहरीलाई खबर गरे । लगत्तै, ती भारतीय नागरिक प्रहरीको फन्दामा परे । इलाका प्रहरी कार्यालय, पथलैयाको...
अपराध गरेर भाग्नेहरु अब तत्काल समातिने !

अपराध गरेर भाग्नेहरु अब तत्काल समातिने !

काठमाडौं, ४ मंसिर ।  काठमाडौं उपत्यकामा बेला-बेलामा हत्या र अपराधका घटना हुने गरेका छन् । अपराधीको पहिचान हुने कुनै प्रविधि नहुँदा घटनामा संलग्न हुनेहरु लामो समय प्रहरीको आँखाबाट जोगिन सफल हुँदै आएका छन् । तर, अब त्यो इतिहास बन्ने क्रममा छ । सरकारले छिट्टै उपत्यकाका पाँच नाकामा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ (आरएफआईडी) प्रणाली जडान गर्दैछ । सोही प्रणालीको माध्यमबाट अपराध गरेर भाग्न खोज्ने...
भारत पुगेको दशौँ गैँडाको उद्धार

भारत पुगेको दशौँ गैँडाको उद्धार

चितवन, ४ मंसिर । साउन अन्तिम साता आएको बाढीका कारण बगाएको थप एउटा गैँडा भारतको पिप्रासीबाट आइतबार उद्धार गरी आज बिहान यहाँको सामुदायिक वनमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार नेपाली सीमा क्षेत्रबाट ४० किलोमिटर पर उत्तरप्रदेश र बिहारको सीमा क्षेत्रबाट उद्धार गरी ल्याइएको सो गैँडालाई सौराहा नजिकै जनकौली सामुदायिक वनमा छाडिएको हो । यसअघि गैँडा उद्...
गाँजा फडानी पहाडी क्षेत्रमा शुरु

गाँजा फडानी पहाडी क्षेत्रमा शुरु

गाईघाट, ४ मंसिर । उदयपुरको पश्चिमी पहाडी क्षेत्रको रुपाटार, ओख्ले, सिरीसे, लेखगाउँ, हर्देनी, लिम्पाटार, ठानागाउँ, ताम्लिछा क्षेत्रमा अवैध रुपमा उत्पादन गरिएको गाँजा खेती प्रहरीले फँडानी शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक तथा सशस्त्र प्रहरी सहितको नेतृत्व र सहभागितामा सो क्षेत्रका अवैध गाँजा फँडानी कार्य शुरु गरेको बताइएको छ । शनि...
विप्लव नेतृत्वको नेकपा चितवनका इन्चार्ज पक्राउ

विप्लव नेतृत्वको नेकपा चितवनका इन्चार्ज पक्राउ

चितवन, ४ मंसिर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको छ । नारायणगढ बजार क्षेत्रबाट बिसीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालले जानकारी दिए । चुनावी कार्यक्रममा आक्रमण गर्ने कार्यहरु बढ्दै जान थालेपछि चितवनमा त्यस्ता घटना हुन नदिन बिसीलाई पक्राउ गरिएको उनले बताए । नेपाल ...
राजेश पायल अब अन्तर्राष्ट्रिय गायक, नोभेम्बर ५ को दिनलाई ‘राई इज किङ डे’

राजेश पायल अब अन्तर्राष्ट्रिय गायक, नोभेम्बर ५ को दिनलाई ‘राई इज किङ डे’

काठमाडौं, ४ मंसिर । गायक राजेशपायल राक्ष्ईले सोचेका थिएनन्, जिन्दगीमा यति ठुलो सरप्राईज पाईन्छ भनेर । केही बर्षयता उनी बर्सेनी अमेरिकामा कन्सर्ट गर्न पुग्ने गरेकै थिए, अमेरिका यात्रा भने अलि भिन्न र महत्वपुर्ण रह्यो । उनलाई रोचेस्टर सहरकी मेयर लभ्ली वारेन, उपमेय डा. कार्डिट एल अलेक्जन्डरले यस्तो सम्मान गरे, अब हरेक बर्ष त्यो सहरले नोभेम्बर ५ को दिनलाई राईज किङ डे का रुपमा मनाउनेछ । आजको क...
झापाबाट नेकपाका तिन कार्यकर्ता पक्राउ

झापाबाट नेकपाका तिन कार्यकर्ता पक्राउ

झापा, ४ मंसिर । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केशीले जनाकारी दिनुभयो । प्रहरी उपरीक्षक केशीका अनुसार कनकाई नगरपालिक...
२०७४ मंसिर ४ गते सोमबारको राशिफल

२०७४ मंसिर ४ गते सोमबारको राशिफल

वि.सं. २०७४ साल मंसिर ४ गते। सोमबार। इश्वी सन् २०१७ नोभेम्बर २० तारिख। नेपाल संवत् ११३८ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– द्वितीया, १९:४९ बजेउप्रान्त तृतीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दौडधुपमै समय बित्नेछ भने आँटेको काम स्थगित हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका ...
प्रचण्ड आफैंले दिए छोरा प्रकाशलाई दागवती

प्रचण्ड आफैंले दिए छोरा प्रकाशलाई दागवती

काठमाडौं, ३ मंसिर । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । दाहालको हृदयाघातका कारण आइतबार निधन भएको थियो ।
चुनाव रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चले लिखित जवाफ माग्यो

चुनाव रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चले लिखित जवाफ माग्यो

काठमाडौं, ३ मंसिर । प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार नभएसम्म चुनाव रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ । तर, टिर निवेदनको माग बमोजिम चुनाव रोक्न अन्तरिम आदेश भने दिएको छैन । प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार हुनु पर्ने माग गर्दै कमला थापाले दायर गरेको रिटमा न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले निवेदकको माग बमोजिम आदेश किन जारी नगर्ने लिखित जवाफ १५ ...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त

भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त

काठमाडौं, ३ मंसिर । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छिन् । आइतबार दिउँसो ट्वीट गर्दै उनले मृत आत्माको चिर शान्तिको कामना समेत गरिन् । प्रकाशको आइतबार बिहान करिब ६ बजे ‘आकस्मिक हृदयाघात’ बाट निधन भएको थियो ।
‘नातिहरुको ब्रतबन्ध भएको छैन, प्रचण्डले नै दिनुहुन्छ दागबत्ती’

‘नातिहरुको ब्रतबन्ध भएको छैन, प्रचण्डले नै दिनुहुन्छ दागबत्ती’

काठमाडौं, ३ मंसिर । आइतबार विहानमात्र निधन भएका छोरा प्रकाशलाई उनका पिता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै दागबत्ती दिने भएका छन्। प्रकाशका छोराहरुको ब्रतबन्ध नभएका कारण प्रचण्डले नै दागबत्ती दिने सम्भावना रहेको पारिवारिक श्रोतले बताएको छ। ‘भाञ्जाबाबु (स्व प्रकाश) का दुई छोरा त छन्, तर उनीहरुको ब्रतबन्ध भएको छैन’ प्रकाशका मामा हिमराज पौडेलले भने, सम्भवतः भिनाजु (प्रच...
प्रकाश दाहाल अन्त्येष्टिको पशुपति आर्यघाटमा तयारी

प्रकाश दाहाल अन्त्येष्टिको पशुपति आर्यघाटमा तयारी

काठमाडौं, ३ मंसिर । आकस्मिक हृदयघातबाट आज बिहान निधन भएका प्रकाश दाहालको अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा तयारी गरिएको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रकाश पिता पुष्पकमल दाहाल तथा अन्य परिवार सदस्यहरु अन्त्येष्टिका लागि आर्यघाट आइपुगेका छन्। पार्टी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा अन्त्येष्टिमा सहभागी हुन आइपुगेका छन्। आर्यघाट ल्याउनुअघि शवलाई अन्तिम श्रद्धमाञ्जलीका लागि पार्टी...
पेरिसडाँडामा प्रचण्ड र बाबुराम अंगालो हालेर रोए

पेरिसडाँडामा प्रचण्ड र बाबुराम अंगालो हालेर रोए

काठमाडौं, ३ मंसिर । प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं आइपुगेका डा. बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि माओवादी पार्टी कार्यालयको माथ्लो तलामा चढे । र, प्रचण्डको कार्यकक्षमा प्रवेश गरे । भेट हुनासाथ प्रचण्ड र बाबुरामले घ्वाप्लाक्क अंकमाल गरे । र, क्वाँ क्वाँ रोए । भट्टराई र प्रचण्ड एकले अर्कालाई देख्नासाथ रुन थालेका थिए । प्रचण्ड र बाबुराम अंकमाल गरेर रोइरहँदा माओव...
पेरिसडाँडाबाट प्रकाशलाई अन्तिम बिदाई

पेरिसडाँडाबाट प्रकाशलाई अन्तिम बिदाई

काठमाडौँ, ३ मंसिर । आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्र प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा राखिएको छ । पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुले अहिले स्वर्गिय दाहालप्रति  श्रद्धान्जली अर्पण गरिरहेका छन् । दाहाललाई श्रद्धान्जली दिन हजारौँको संख्यामा ...
दुई चिनियाँ नागरिक १० थान अवैध मूर्तिसहित पक्राउ

दुई चिनियाँ नागरिक १० थान अवैध मूर्तिसहित पक्राउ

काठमाडौं, ३ मंसिर । दुई जना चिनियाँ नागरिक १० थान अवैध मूर्तिसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिन ज्याओछेङ र वाङ छेनछुङ छन् । त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलको होल ब्यागेज स्क्रिनिङका क्रममा उनीहरुको साथमा रहेको कालो रंगको झोलामा ती मूर्तिहरु फेला पारिएको प्रहरीले जनाएको छ । उनीहरु चाइना इस्टर्न एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चिनको कुमिङ जान लागेका थिए । उनीहरुको विषयमा थप अनुसन...
छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्

छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्

काठमाडौं, ३ मंसिर ।  छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए । हेलिकोप्टरमा काठमाडौं आएका उनी लाजिम्पाटस्थित घरमा पुगेर नर्भिक अस्पतालमा आए । छोरा गुमाउँदाको पीडा उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । तर, उनले आफूलाई सम्हाले । सार्वजनिकरुपमा उनले आफ्नो दुःख पोखेनन् । तर, छोराको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा उनले पीडा लुकाउन सकेनन् । म...
निर्वाचन कार्यालय परिसरमा राखेको बम सेनाद्वारा निष्कृय

निर्वाचन कार्यालय परिसरमा राखेको बम सेनाद्वारा निष्कृय

धादिङ, ३ मंसिर । जिल्ला निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम आइतबार नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ। मतदान सामग्री लिन जाँदा बिहान कर्मचारीले बोरामा पोको पारेर राखेको शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै गजुरीस्थित देविदत्त गणको सेनाको टोलीले बम निष्कृय पारेको हो। जिल्ला निर्वाचन कार्यालयको भवन भूकम्पले गर्दा भत्केपछि हाल नीलकण्ठ नगरपा...
वैज्ञानिकले बनाए कार्बनडाइअक्साइड सोस्ने मेसिन

वैज्ञानिकले बनाए कार्बनडाइअक्साइड सोस्ने मेसिन

स्विस वैज्ञानिकहरुले यस्तो प्रविधिको विकास गरेका छन् जसले वायुमण्डलमा रहेको कार्वनडाइअक्साइड सोस्न सक्दछ । वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा उच्च हुँदा हरितगृह प्रभाव बढेको र जलवायु परिवर्तन भएको परिप्रेक्ष्यमा कार्वनडाइअक्साइड सोस्ने प्रविधिको विकास हुनुलाई यस दिशामा क्रान्तिकारी उपलब्धी मानिएको छ । के हो यो प्रविधि ? जूरिचको बाहिरी इलाकास्थित हिनविल रिसाइक्लिंग केन्द्रको बाहिर १...
वैदेशिक रोजगार विभागका कर्मचारीबिरुद्ध घूस लिएको आरोपमा मुद्दा दायर

वैदेशिक रोजगार विभागका कर्मचारीबिरुद्ध घूस लिएको आरोपमा मुद्दा दायर

काठमाडौं, ३ मंसिर । १० लाख रुपैयाँ घूस काण्डमा वैदेशिक रोजगार विभागका महानिर्देशकसहित तीन कर्मचारी पक्राउ परेेको एक साता नवित्दै विभागकै अर्का एक कर्मचारीविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागको तहाचलस्थित श्रम कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर भाग्य नारायण झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । झाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने सेव...
चीनमा भएको आगलागीमा परी १९ को मृत्यु

चीनमा भएको आगलागीमा परी १९ को मृत्यु

बेइजिङ, ३ मंसिर । चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन् । उक्त जिल्लाको छिङजिन गाँउमा रहेको सो घरमा शनिबार राति ९ बजेतिर आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । आगलागीमा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरी अस्पताल पु¥याइएको छ । आगलागी नियन्त्रण गर्न दमकल र आग्नि नियन्त्रक...
प्रकाशको अन्तिम संस्कार ४ बजे पशुपति आर्यघाटमा गरिने

प्रकाशको अन्तिम संस्कार ४ बजे पशुपति आर्यघाटमा गरिने

काठमाडौं,३ मंसिर । प्रकाश दाहालको अन्तिम संस्कार आजै गरिने भएको छ। माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले आजै ४ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जानकारी दिइन्। त्यसअघि दाहालको पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिनेछ। भुषालका अनुसार दिउँसो १ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ। अहिले पुष्पकमल दाहालसहित परिवारका सदस्यहरु र प्रमुख दलका शीर्ष नेताहरु नर्भिक अस्पताल पुगेका छन्।
धनकुटामा शेयर बजारबारे प्रशिक्षण

धनकुटामा शेयर बजारबारे प्रशिक्षण

धनकुटा,३ मंसिर । पछिल्लो समय शेयर बजारप्रति सर्वसाधारणको चासो बढि रहेको बेला धनकुटामा पनि यसबारे जानकारी दिने उद्धेश्यले पहिलो पटक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । मोफसलका लगानी कर्तालाई शेयर बजार तर्फ आकर्षित गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको आयोजकले जनाएको छ । कार्यक्रममा अजलाईन सेक्युरएटीका सेयर ब्रोकर सुजन निरौलाले सेयर बजारको बारेमा जानकारी गराए । त्यस्तै दोर्दी खोला जल ...
धनकुटामा विप्लव समूहका दुई जना पक्राउ, जिल्ला इन्चार्जसहित १० जना हिरासतमा

धनकुटामा विप्लव समूहका दुई जना पक्राउ, जिल्ला इन्चार्जसहित १० जना हिरासतमा

धनकुटा, ३ मंसिर । धनकुटामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका थप दुई जना पक्राउ परेका छन । धनकुटा–६ खाल्डेबाट नेकपाका कार्यकर्ता यज्ञ भण्डारी र धनकुटा–१ त्रिसुलेबाट हेम मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भण्डारीलाई आज दिउँसो र मगरलाई हिजो साँझ पक्राउ गरिएको प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई बताएका छन । योसँगै धनकुटामा पक्राउ पर्ने नेकपाका नेता–कार्यकर्ताको संख्या १० प...
यस्ताे छ आज सुनकाे भाउ

यस्ताे छ आज सुनकाे भाउ

काठमाडौं,३ मंसिर । साताको पहिलो दिन आज सुनको मूल्य प्रतितोला ५६ हजार चार सय मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी आज प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंसिर महिना बिहाहको महिना भएकोले अब सुनको कारोबार बढ्ने व्यवसायीहरुको भनाई छ ।
प्रकाशको निधनप्रति एमाले स्तब्ध

प्रकाशको निधनप्रति एमाले स्तब्ध

काठमाण्डौ,३ मंसिर । नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र तथा उक्त पार्टीका केन्द्रीय सदस्य प्रकाशको निधनप्रति नेकपा एमालेले पार्टी स्तब्ध भएको जनाएको छ । प्रकाशको निधनप्रति शोक मनाउन एमालेले पुर्व निर्धारित चुनावी प्रचारप्रसारका कार्यक्रम अपरान्ह २ देखि ३ बजेसम्मका लागि स्थगित गर्ने विज्ञप्ति मार्फत जनाईएको छ । केन्द्रीय सचिवालय सदस्य तथा केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष...
प्रकाशको पार्थिव शरीरलाई पेरिसडाँडा लगिने

प्रकाशको पार्थिव शरीरलाई पेरिसडाँडा लगिने

काठमाडौँ,३ मंसिर । पुत्र प्रकाश दाहालको असमायीक निधनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । प्रचण्ड झापाबाट हेलिकोप्टरमार्फत सिधै लाजिम्पाटस्थित निवासमा पुगेर घटनाबारे परिवार र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएर श्रीमति सितासहित थापाथली अस्पताल पुगेका हुन् । पुत्र प्रकाशको मृत्युले दाहाललाई बज्रपात परेपछि बिहान नौ बजे हेलिकोप्टरमार्फत उ...
यौन प्रस्ताव अस्वीकार गर्दा पत्नीको हत्या

यौन प्रस्ताव अस्वीकार गर्दा पत्नीको हत्या

एजेन्सी,३ मंसिर । भारतको उत्तरी हरियाणामा एक पुरुषले यौन प्रस्ताव अस्वीकार गरेको झोकमा पत्नीको हत्या गरेका छन् । हरियाणाको जोग्न खेरा गाउँका ३५ बर्षीय सञ्जय कुमारले यौन प्रस्ताव अस्वीकार गरेको भन्दै मंगलबार पत्नी सुमनको हत्या गरेका हुन् । हत्या गर्नुअघि यो दम्पतीबीच केहि समय यौनका बारेमा गम्भीर विवाद चलेको थियो । दोषीलाई पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरिएको प्रहरी अधिकारी रमेश जगलानले...
चिया पिउनुहुन्छ ? होसियार ! क्यान्सर हुन सक्छ

चिया पिउनुहुन्छ ? होसियार ! क्यान्सर हुन सक्छ

काठमाडौं,३ मंसिर । नेपाली समाजमा चिया पिउनु लाइफ स्टाइल हो । चियाबाट अधिकांश नेपालीको दैनिकी सुरु हुन्छ । तर, एउटा अनुसन्धानले चियाबारे सनसनीपूर्ण निष्कर्ष निकालेको छ । ब्रिटिस मेडिकल जर्नलमा प्र्रकाशित खोजले चिया धेरै पिउने व्यक्तिलाई क्यान्सरको सम्भावना हुने बताएको छ । अपोलो बिएसआर हस्पिटलकी चिफ डाइटिसियन स्विटी यादव दिनमा तीनपटकभन्दा बढी चिया नपिउन सुझाब दिन्छिन् । यस्ता छन्, चिया पिउँदा हुन...
अस्पताल पुगेकी प्रकाशकी जेठी श्रीमती अचेत

अस्पताल पुगेकी प्रकाशकी जेठी श्रीमती अचेत

काठमाडौं,३ मंसिर । प्रकाश दाहाल निधनको खवरले उनकी जेठी श्रीमती श्रृजना त्रिपाठी पनि बेहोस बनेकी छन् । दाहालको मृत्युको खबरसँगै नर्भिक अस्पताल पुगेकी त्रिपाठी त्यहीँ बेहोस बनेकी हुन् । उनी मामा कृष्ण पोखेरलसँगै अस्पताल पुगेकी थिइन् । उनको नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । त्रिपाठीका एक रहेका छोरा छन् ।
अस्पताल ल्याईपुर्याउँदा प्रकाशको मृत्यु भईसकेको थियो: चिकित्सक

अस्पताल ल्याईपुर्याउँदा प्रकाशको मृत्यु भईसकेको थियो: चिकित्सक

काठमाण्डौ,३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाललाई अस्पताल नपुर्याउँदै बाटैमा मृत्यु भएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ । प्रकाशलाई आइतबार बिहान ५:५० मा अस्पतालको इमरजेन्सीमा ल्याइएको थियो । अस्पताल पुर्याउँदा उनको स्वासप्रश्वास प्रकृया बन्द भइसकेको स्रोतले जनाएको छ । अस्पताल पुर्याएको करिब ९ मिनेटपछि चिकित्सकले उनलाई मृत घो...
error: Content is protected !!