हराएकी बालिका फेला परिन्

हराएकी बालिका फेला परिन्

नवलपरासी । गत मंगलबारदेखि हराइरहेकी नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराघारी बस्ने एक बालिका फेला परेकी छिन् । आशा गुरुङकी १२ वर्षीया छोरी अस्मिता गुरुङ गत मंगलबार गंगा मावि गंगाबस्तीबाट साथीहरुसँग दिउँसो १२ बजेको समयमा पौडी खेलिरहेको अवस्थामा हराएकी थिइन् । तीनजना साथी घर फर्के तर अस्मिता भने दाइको ससुराली सर्दी जान्छु भनी हिँडेको तर त्यहाँ नपुगेको र घर पनि नफर्केको अवस्थामा बिहीबार नवलपर...
‘स्टार कप’ फुटवलको सेमिफाईनल आज हुँदै

‘स्टार कप’ फुटवलको सेमिफाईनल आज हुँदै

चितवन । चितवनको माडीमा सर्वाधिक धनराशिको फुटवल 'स्टार कप' प्रतियोगिताको सेमिफाईनलका खेल आज हुँदैछन् । आजको पहिलो खेल  बसन्तपुर युनाइटेड फुटवल क्लव बसन्तपुर विरुद्ध दियो क्लव माडी राधापुर । समय :  १ बजे । आजको दोश्रो खेल ज्ञानज्योती युवा क्लव भैरवपुर विरुद्ध प्रतिभा युवा क्लव सितलपुर । समय : ३ वजे यसअघि हिजो भएको अन्तिम क्वाटरफाईनलमा चैनपुर फुटवल  क्लव चैनपुरलाई ट्राइव्रेकरमा पराजित गदै ...
माओवादी केन्द्रका नेता ढुङ्गेलमाथि खुकुरी प्रहार : नर्भिक भर्ना, अवस्था चिन्ताजनक

माओवादी केन्द्रका नेता ढुङ्गेलमाथि खुकुरी प्रहार : नर्भिक भर्ना, अवस्था चिन्ताजनक

दोलखा । माओवादी केन्द्र दोलखाका नेता राम ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् । कालिञ्चोक गाउँपालिकाका सह–संयोजक ३३ वर्षीय नेता ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हुन् । खुकुरी प्रहारबाट ढुङ्गेलको टाउकामा गम्भीर चोट लागेको छ । कालिञ्चोक गाउँपालिका–३ लामिडाँडाका ढुङ्गेललाई बिहीबार मध्याह्न १२ बजेतिर कालिञ्चोक गाउँपालिका–२ बाबरेका अन्दाजी ४० वर्षीय देउता भनिने खड्कबहादुर बु...
बैतडीमा भिरबाट लडेर महिलाको मृत्यु

बैतडीमा भिरबाट लडेर महिलाको मृत्यु

बैतडी । भिरवाट लडेर बिहीबार बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका–८ शिवलिङ्ग का ३२ वर्षीया पार्वती अवस्थी रहेकी छन् । बिहीबार मध्याह्न १२ बजे स्थानीयवासी मुन्नालेक भिरमा घाँस काटिरहेका बेला लडेर घटनास्थलमा नै मृत्यु भएको स्थानीयवासी गङ्गे ऐरीले जानकारी दिए ।  मृतक महिलाकोे शव परिवार र आफन्तले दाहसंस्कार गरिसकेको बताइएको छ ।
सप्तरीमा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

सप्तरीमा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

राजविराज। सप्तरीको राजविराज नगरपालिका–१५ स्थित खाँडो नदी नजिक ट्र्याक्टर दुर्घटनामा परी बिहीबार साँझ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–१० बिरोल बस्ने २५ वर्षीय पप्पु मण्डल रहेको राजविराज वडा प्रहरी कार्यालयले जनाएको छ । खाँडो नदीबाट स १ त ७२५५ नंको ट्र्याक्टरमा बालुवा लोड गरी मुसहरनिया गाउँतर्फ जानेक्रममा बाटोमा आफैं अनियन्त्रित भई पल्टिएको थियो । शव परीक्षणका लागि राजवि...
कञ्चनपुरको भुजेलामा गोली चल्यो, दुईजना घाईते

कञ्चनपुरको भुजेलामा गोली चल्यो, दुईजना घाईते

काठमाडौं । कञ्चनपुरको भुजेलामा बिहीबार राति गोली चलेको छ । गोली चल्दा दुईजना भारतीय नागरिक घाइते भएका छन् । भारतको वनवासास्थित महाकाली नदीमा रहेको शारदा ब्यारेज पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह गोली लागेर घाइते भएका हुन् । चौहानको पाखुरामा र सिंहको पिठ्यूमा गोली लागेको बताइएको छ । घाइते दुवै जनालाई राति नै उपचारका लागि भारततर्फ लगिएको छ । चौहानको अवस...
भोजपुरमा पौडी खेल्ने क्रममा डुवेर वालकको मृत्यु

भोजपुरमा पौडी खेल्ने क्रममा डुवेर वालकको मृत्यु

भोजपुर २३ भदौ । भोजपुरमा पौडी खेल्ने क्रममा डुवेर एक बालकको मृत्यु भएको छ । पौवादुम्मा गाउपालिका–१ श्यामशिलाका धन वहादुर तामाङका १२ वर्षीय छोरा निरज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । भोजपुर नगरपालिका–९ र १० को सिमनामा रहेको नागदह खोलामा पौडी खेल्ने क्रममा डुवेर तामाङको मृत्यु भएको हो । भोजपुर सदरमुकामको सगरमाथा वोर्डिङ्ग स्कुलमा कक्षा–७ मा अध्ययनरत उनी परीक्षा दिएर घर फर्कने क्रममा साथीस...
रक्तचन्दन तस्कर नै सुन तस्करीमा सक्रिय

रक्तचन्दन तस्कर नै सुन तस्करीमा सक्रिय

  काठमाडौं, २३ भदौ । विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समूह नै पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय रहेको पाइएको छ । काठमाडौंमा गत सोमबार बरामद ८८ किलो सुनको अनुसन्धान गर्दा चीन र नेपालमा रहेको पुरानै तस्कर समूह केरुङ नाका हुँदै सुन भित्र्याउन सक्रिय देखिएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार, चीनबाट सुन पठाउन र केरुङ नाकाबाट भन्सार...
२०७४ भदौ २३ गते शुक्रवारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ भदौ २३ गते शुक्रवारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

मेष– बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ, टाढाको यात्राको पनि संभावना रहेको छ । वृष– आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुर्दछ, काम गर्नमा खासै मन नजाला । मिथुन– काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला, यातायातका साधनबाट पनि जोग्गिनु होला । कर्कट– सहयोगीहरूले काममा साथ दिनेछन्, अनौठो तरिकाबाट रुपैयापैसा प्राँप्त हुने दिन रहेको छ । सिंह– मनोरञ्जनात्मक तरिकाबा...
धनकुटामा ४७ जनाद्धारा रक्तदान (भिडियोसहित)

धनकुटामा ४७ जनाद्धारा रक्तदान (भिडियोसहित)

धनकुटा, २२ भदौ । १४ औं निजामती सेवा दिवसको अवसरमा बिहिबार धनकुटामा आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रगतदान गरेका छन । नेपाल निजामती कर्मचारी संगठन धनकुटाले जिल्ला अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा निजामती कर्मचारीसहित अन्य ब्यक्तिले पनि रगतदान गरेका थिए । रक्तदान अघि धनकुटा बजारमा प्रभातफेरी निकालिएको थियो । भीमनारायण चौकबाट सुरु भएको प्रभातफेरी मदनचौकमा...
युवाको अभियान, रक्तदानमा योगदान (कविता )

युवाको अभियान, रक्तदानमा योगदान (कविता )

आजको हाम्रो युवा अभियान हुनेछ रक्तदानमा योगदान । युवा हामी एक जुट भई तयार छौ गर्न रक्तदान । एक एक युवा मिलेर हामी गर्ने छौ रक्तदान । बचाउँछौ हामी विरामीलाई गरेर रक्तदान दिनेछौ हामी नयाँ जिवन गरेर रक्तदान । स्वार्थ हाम्रो केही छैन, मिलेर गर्छौ रक्तदान । रगत अभाव भएर कति, अकालमै जान्छ है विरामीको ज्यान । आजको हाम्रो युवा अभियान पु¥याउँ रक्तदानमा योगदान । कोही रगत अभावले मर्न ...
अवैध रुपमा खोलाबाट ढुंगा निकाल्दै गर्दा ट्याक्टर नियन्त्रण  

अवैध रुपमा खोलाबाट ढुंगा निकाल्दै गर्दा ट्याक्टर नियन्त्रण  

धनकुटा, २२ भदौ । धनकुटा नगरपालिका र खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको सिमा स्थित फङसुवा खोलाबाट अवैध रुपमा ढुंगा निकाल्दै गर्दा ट्याक्टर नियन्त्रणमा लिईएको छ ।  धनकुटा नगरपालिका–९ स्थित बेलाहारा बेसी र खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिकाको साप्तिङटारको सिमानामा रहेको फङसुवा खोलाबाट अवैध रुपमा ढुंगा निकाल्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक साँस्कृतिक मञ्चले ट्याक...
लोहनीले मागे हिन्दू राष्ट्र र राजसंस्था

लोहनीले मागे हिन्दू राष्ट्र र राजसंस्था

काठमाडौं।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले मुलुकको राष्ट्रिय अखण्डता र स्वाधीनताका लागि राष्ट्रिय चरित्र भएका संस्थाबीच एकताको खाँचो औँल्याएको छ । मुलुकमा भ्रष्टाचारको अन्त्य तथा रोजगारीको व्यवस्था गरी युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्नेलगायत माग राख्दै पार्टीले विहीबार गरेको मोटरसाइकल यात्राको उद्घाटन गर्दै पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजसंस्थामा त...
पानीमा डुबेर बालिकाको मृत्यु

पानीमा डुबेर बालिकाको मृत्यु

रुपन्देही। रुपन्देहीमा एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यलय लुम्बिनीले दिएको जानकारी अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका तरकुलहा बस्ने ६ बर्षीया आसमा खातुनको निर्माणाधीन चर्पीको खाल्टोमा डुबेर मृत्यु भएको हो । बुधबार साँझ बालिका खेल्दाखेल्दै खाल्टोमा खसेर मृत्यु भएको हो ।
लेउती बगर र टोपी (कविता)

लेउती बगर र टोपी (कविता)

किनारमा उभिएर बगर नियालीरहेको एउटा अनुहारलाई म प्रश्न गर्छु हुनसक्छ अलिकति खुसी थोरै वेखुसी सहितको सुस्केरा बगाउँदै बाढीले थुपारिदिएको बालुमा अनुमान नापीसकेपछि जवाफ यस्तो छ म यतिबेला लेउतीको बाढीलाई इश्वर सम्झिरहेछु । आधा रातमा बगाउन सक्थ्यो सपना देख्ने आँखा बलुवा सोहोर्ने हात र भोकाईरहने पेट बग्न सक्थ्यो यी सवै लुकाउने घर जस्तै आकृति तर जोगाएरै बग्यो भेल अब बालुवा बेचेरै क...
नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला

नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला

चितवन। दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक यही भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने भएको छ । स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको विहीबार सम्पन्न बैठकले चाडपर्वका बेला सडकलाई यात्रुमैत्री बनाउन विभिन्न निर्णयसमेत गरेको छ । गत असार २५ गतेबाट सो सडक रातको समयमा बन्द गर्ने गरिएको थियो । मुग्लिनबाट आउने सवारीलाई साँझ ७ देखि बिहान ५ बजेसम्म रोकिँ...
सुनजस्तो देखिने पहेँलो पदार्थसहित ताइवानी नागरिक पक्राउ

सुनजस्तो देखिने पहेँलो पदार्थसहित ताइवानी नागरिक पक्राउ

काठमाडौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा सुनजस्तो देखिने करिब एक केजी पहेँलो पदार्थसहित प्रहरीले एक ताइवानी नागरिकलाई पक्राउ गरेको छ । क्याथे ड्रागन एअरको उडानद्वारा हङकङबाट बुधबार काठमाडौँ आएका ताइवानी नागरिक चिएचुन चाङलाई अवैध रुपमा साथमा लुकाई छिपाई ल्याएको उक्त वस्तुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलामका एकसय तीनवटा परियोजनालाई ४० करोड ३० लाख

इलामका एकसय तीनवटा परियोजनालाई ४० करोड ३० लाख

इलाम । कृषि उत्पादनमा मूल्य शृङ्खलाको विकासमार्फत बजार पहुँच तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका १०३ वटा परियोजनालाई रु ४० करोड ३० लाख ४४ हजारको सहयोग उपलब्ध गराइएको छ । कृषि मन्त्रालय र डेनमार्क सरकारको सहयोगमा ती परियोजनाको कार्य अगाडी बढाउन सहयोग सम्झौता गरिएको हो । चिया, अलैँची, अदुवा र डेरीमा मूल्य शृङ्खला विकासका लागि प्रविधि प्रवद्र्धनमा उक्त सहयोग गरिएको उन्नति समावेशी कार्य...
चुनावअघी नै एमालेले गर्याे १३६ मध्ये ७०वटा स्थानीय तहमा जितकाे दाबी

चुनावअघी नै एमालेले गर्याे १३६ मध्ये ७०वटा स्थानीय तहमा जितकाे दाबी

लहान। नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज २ गते हुने दुई नं. प्रदेशको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कम्तीमा ७० स्थानीय तहमा जित्ने दाबी गर्नुभएको छ ।  नेकपा (एमाले) प्रचार विभाग र प्रेस चौतारी सिरहा शाखाद्वारा आज लहानमा आयोजित स्थानीय तह निर्वाचन प्रचार–प्रसार भेला शुभारम्भ गर्दै उहाँले अन्य प्रदेशमा जस्तै एमाले २ नं प्रदेशको १३६ स्थानीय तहमध्ये कम्तीमा ७० स...
भूकम्पपीडितको राहत गोदाममा कुहियो

भूकम्पपीडितको राहत गोदाममा कुहियो

नुवाकोट । नुवाकोटका भूकम्पपीडितलाई वितरण गर्न ल्याएको खाद्यान्न तथा बन्दोबस्तीका सामग्री कुहिएको छ । भूकम्पपीडितलाई वितरण गर्न जिल्ला ल्याएर लामो समयसम्म थन्काउँदा खाद्य सामग्री कुहिएका छन् भने बन्दोबस्तीका सामग्री प्रयोग गर्न नमिल्ने भएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको इलम प्रशिक्षण केन्द्रस्थित चिसो भुइँमा भण्डारण गरिएको चामल, दाल, बिस्कुटलगायतका खाद्यान्न म्याद गुज्रिएर खान अयोग्य भएर गन्...
स्यालले टोकेर १८ घाइते

स्यालले टोकेर १८ घाइते

सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट १८ जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका–४ को मिलनचोक, आँप खोली र बाघखोरमा घरमै बसिरहेको अवस्थामा स्थानीयवासीलाई स्यालले टोकेको हो । बुधबार साँझ नौजना र आज दिउँसोसम्म नौजनालाई टोेकेको स्वास्थ्य चौकी सहारेका प्रमुख किरण वलीले जानकारी दिए । घाइतेलाई रेबिजविरुद्ध दिइने खोप स्थानीयस्तरमा दिइएको प्रमुख वलीले बताए । स्यालले टोक्...
झापामा ७ बर्षीया बालीकालार्इ बलात्कार गरेकाे आरोपमा किशोर पक्राउ

झापामा ७ बर्षीया बालीकालार्इ बलात्कार गरेकाे आरोपमा किशोर पक्राउ

झापा। छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।झापाको भद्रपुर–५ नयाँ बजारस्थित एक मुस्लिम समुदायकी ७ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका १४ बर्षीय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार मंगलबार दिउँसो सोही समुदायका किशोरले घर नजिकैको झाडी तिर चरा हेर्न भनी बालिकालाई लगेको र सोही मौक...
शक्तिशाली क्षेप्यास्त्र परीक्षण सफल भएको खुसियालीमा उत्तर कोरियामा मानव सागर देखियो

शक्तिशाली क्षेप्यास्त्र परीक्षण सफल भएको खुसियालीमा उत्तर कोरियामा मानव सागर देखियो

प्योङ्याङ् । उत्तर कोरियाले गएको आइतबार गरेको शक्तिशाली आणविक परीक्षणको खुसीयालीमा बिहीबार उत्तर कोरियाको राजधानी प्योङ्याङ्मा उत्सव मनाइएको छ । यस समाचारलाई संसारका समाचार समितिहरूले बिहानदेखि निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उक्त परीक्षण गर्ने वैज्ञानिकलाई उत्तर कोरियाली नागरिकले बधाई ज्ञापनगर्दै सो उत्सव मनाएको बताइएको छ । उत्तर कोरियाको राजधानी सहरमा दशौँ हजार नागरिक उभिएर ध्वजा...
ट्रकको ठक्करबाट एकको मृत्यु

ट्रकको ठक्करबाट एकको मृत्यु

चितवन। पूर्वी चितवनको खैरहनीमा ट्रकको ठक्करबाट आज दिउँसो एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका-१० शान्तिबजारको भित्री सडकखण्डमा ना६ख २३८९ नंको ट्रकले ना२०प ६८ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कृष्णमणि न्यौपानेको मृत्यु भएको हो। खैरहनी नगरपालिका-१० निवासी अन्दाजी ६५ वर्षीय न्यौपानेको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु ...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौं । केही दिनदेखि बढ्दै गएको सुनको मूल्य आज भने तोलामा तीन सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला ५७ हजार तीन सय रुपैयाँ पुगेको छ । हिजो सुन ५७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ सस्तीएको छ । आज चाँदी प्रतितोला सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विद्युत् चुहावटबाट ३१ लाख राजश्व सङ्कलन

विद्युत् चुहावटबाट ३१ लाख राजश्व सङ्कलन

बनेपा । काभ्रेपलाञ्चोकमा विद्युत् चुहावटबाट कूल रु ३१ लाख ५७ हजार राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७३/७४ मा मण्डनदेउपुर, उग्रचण्डीनाला, नमोबुद्ध नगरपालिकालगायत ग्रामीण भेगमा भएको विद्युत् चुहावटबाट सो राजश्व संकलन भएको हो । यस अवधिमा विद्युत् चोरीको आरोपमा ४९ जना पक्राउ परेर राजश्व तिरी थुनामुक्त भएका छन् । “कडाइ गरेपछि विद्युत् चुहावट कम हुँदै गएको छ”, नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण क...
अपहरणमा परेकी बालिकाको सकुशल उद्धार

अपहरणमा परेकी बालिकाको सकुशल उद्धार

धादिङ । पोखराको चिप्लेढुङ्गाबाट अपहरण गरिल्याइएको एक बालिकालाई प्रहरीले उद्धार गरेको छ । धादिङस्थित पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका खेस्टेबाट एक दुई वर्षीया बालिकालाई उद्धार गरिएको सिम्लेस्थित प्रहरी प्रहरी सहायक निरीक्षक सिम जिसीले बताए । धादिङको धुनीबेसी नगरपालिका धार्के निवासी २७ वर्षीय सन्तोष सापकोटाले एक शिशु बोकेर सडक क्षेत्रमा हिँडिरहेको अवस्थामा फेला पारेपछि बजारवासीले प्रहरील...
नापतौल तथा गुणस्तर विभागका तीन कर्मचारी घुस लिँदै गर्दा पक्राउ

नापतौल तथा गुणस्तर विभागका तीन कर्मचारी घुस लिँदै गर्दा पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारीलाई पक्राउ गरेको छ । आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई आज बिहान पक्राउ गरेको हो । आयोगको टोलीले भक्तपुरको सल्लाघारीस्थित युनिभर्सल तन्दुरी क्याफेमा रु पाँच लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएकोे ...
तेह्रथुमकाे स्वास्थ्य संस्थाहरूमा औषधि अभाव

तेह्रथुमकाे स्वास्थ्य संस्थाहरूमा औषधि अभाव

तेह्रथुम। यहाँका स्वास्थ्य संस्थामा सामान्य अवस्थाका बिरामीलाई चाहिने औषधिको पनि अभाव भएको छ । आर्थिक वर्ष शुरु भएपछि जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाउन छाडेकाले औषधि अभाव भएको हो । स्थानीय तह आफैँले औषधि खरिद गर्नुपर्ने व्यवस्था रहेको भन्दै कार्यालयले औषधि पठाएको छैन । कार्यालयले औषधि पठाउन छाडेपछि दुई महिना यता दैनिक अत्यावश्यक औषधि अभाव भएको चुहानडाँडा स्वास्थ्य चौकीका इन...
चोरी गरी फरार अभियुक्त २९ वर्षपछि पक्राउ

चोरी गरी फरार अभियुक्त २९ वर्षपछि पक्राउ

पोखरा।  जिल्ला प्रहरी कार्यालय कास्कीको फरार रहेका अपराधीलाई पक्राउ गर्ने अभियानअन्तर्गत २९ वर्षपछि एकजना चोरीका अभियुक्तलाई पक्राउ गरेको छ । कास्की जिल्ला अदातलको २०४५ जेठ १९ गतेको फैसलाअनुसार एक वर्ष दुई महिना १५ दिन कैद तोकिएका पोखरा लेखनाथ महानगरपालिका वडा नंं ५ का राजेन्द्र भट्टराईलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार सार्वजनिक अप...
आज निजामती सेवा दिवस मनाइँदै

आज निजामती सेवा दिवस मनाइँदै

काठमा।आज १४ औँ निजामती सेवा दिवस देशभर विविध मनाइँदैछ । ‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूलनारामा साथ दिवस देशभरि मनाउने गरिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए । दिवसकै अवसरमा आज स्वास्थ्य मन्त्र    मन्त्रालयमा रक्तदान कार्यक्रम गरिँदैछ । बाढीपहिरोले यस वर्ष ठूलो धनजनको क्षति पु¥याएकाले यो वर्ष हर्सोल्लासका साथ दिवस नमनाइएको उनले जानकारी दिए...
error: Content is protected !!