- संगालोखबर सम्वाददाता
धनकुटा, २ मंसिर । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन प्रचारका क्रममा विभिन्न उम्मेदवार र तिनका प्रचार टोलीमाथि भइरहेका आक्रमणको सन्दर्भमा सुरक्षा चुनौती बढेको भन्दै सनिवार प्रदेश नम्बर १ स्तरिय सुरक्षा बैठक बिराटनगरमा बस्दैछ ।
वैठकमा प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनका सन्दर्भमा १ नम्वर प्रदेशमा पर्ने जिल्लाहरुको सुरक्षा अवस्थामा केन्द्रित हुने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।
बैठकमा प्रदेश नं। १ का १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका क्षेत्रीय प्रमुखहरुको सहभागिता हुने छन् । यसैगरी गृह सचिव मोहनकृष्ण सापकोटा, सबै सुरक्षा निकायका प्रमुखहरु, निर्वाचन आयुक्त नरेन्द्र दाहाल र सेनाको पूर्व पृतनाका पृतनापतिको समेत सहभागिता रहने स्रोतले जनाएके छ ।
बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुले जिल्लागत सुरक्षा अवस्था, सुरक्षा चुनौती र निर्वाचनका बेला अपनाउनुपर्ने योजनाबारे प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
त्यसपछि निर्वाचनमा अपनाइने विशेष सुरक्षा योजनाबारे छलफल गरी त्यसैअनुसारको योजना बनाइने स्रोतले जनायो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!