एजेन्सी,३ मंसिर । भारतको उत्तरी हरियाणामा एक पुरुषले यौन प्रस्ताव अस्वीकार गरेको झोकमा पत्नीको हत्या गरेका छन् ।

हरियाणाको जोग्न खेरा गाउँका ३५ बर्षीय सञ्जय कुमारले यौन प्रस्ताव अस्वीकार गरेको भन्दै मंगलबार पत्नी सुमनको हत्या गरेका हुन् ।

Advertisement

हत्या गर्नुअघि यो दम्पतीबीच केहि समय यौनका बारेमा गम्भीर विवाद चलेको थियो ।

दोषीलाई पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरिएको प्रहरी अधिकारी रमेश जगलानले बताए ।

केही दिनदेखि सुमनले पतिको यौन सम्पर्कको प्रस्ताव अस्वीकार गर्दै आएकी रहिनिछन् । मंगलबार पनि उनले पतिको प्रस्ताव अस्वीकार गरेपछि सञ्जयले पत्नीको घाँटी रेटेर हतया गरेका रहेछन् , जागलानले भने ।

सञ्जय र सुमनबीच १० बर्षअघि विवाह भएको थियो । उनीहरुका दुई सन्तान छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!