काठमाडौँ, ३ मंसिर । आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्र प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा राखिएको छ ।

Advertisement

पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुले अहिले स्वर्गिय दाहालप्रति  श्रद्धान्जली अर्पण गरिरहेका छन् । दाहाललाई श्रद्धान्जली दिन हजारौँको संख्यामा नेता कार्यकर्तालगायत सर्वसाधारण पेरिसडाँडा पुगेका हुन् ।

दाहालललाई श्रद्धान्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, भारतीय राजदुत मन्जीव सिंहपुरी, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, नेताहरु मोहन बैद्य, सीपी मैनाली, पूर्व राजा ज्ञानेन्द्र शाहका पूर्वसचिव पशुपति भक्त महर्जन लगायत उच्च पदस्थ व्यक्तित्वहरु कोटेश्वर पुगेका छन् ।

पेरिसडाँडा विभिन्न पार्टीका नेता, सञ्चारकर्मी, शुभचिन्तक र सुरक्षाकर्मीले खचाखच भरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!