काठमाडौं,३ मंसिर । प्रकाश दाहालको अन्तिम संस्कार आजै गरिने भएको छ। माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले आजै ४ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जानकारी दिइन्।

Advertisement

त्यसअघि दाहालको पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिनेछ। भुषालका अनुसार दिउँसो १ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ।

अहिले पुष्पकमल दाहालसहित परिवारका सदस्यहरु र प्रमुख दलका शीर्ष नेताहरु नर्भिक अस्पताल पुगेका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!