धादिङ, ३ मंसिर । जिल्ला निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम आइतबार नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ।

मतदान सामग्री लिन जाँदा बिहान कर्मचारीले बोरामा पोको पारेर राखेको शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै गजुरीस्थित देविदत्त गणको सेनाको टोलीले बम निष्कृय पारेको हो।

Advertisement

जिल्ला निर्वाचन कार्यालयको भवन भूकम्पले गर्दा भत्केपछि हाल नीलकण्ठ नगरपालिका– ३ धादिङबेँसीस्थित पुछार बजारमा भाडामा सञ्चालन गरिँदै आएको छ। बम कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताए। रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!