काठमाण्डौ,३ मंसिर । नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र तथा उक्त पार्टीका केन्द्रीय सदस्य प्रकाशको निधनप्रति नेकपा एमालेले पार्टी स्तब्ध भएको जनाएको छ ।
प्रकाशको निधनप्रति शोक मनाउन एमालेले पुर्व निर्धारित चुनावी प्रचारप्रसारका कार्यक्रम अपरान्ह २ देखि ३ बजेसम्मका लागि स्थगित गर्ने विज्ञप्ति मार्फत जनाईएको छ ।
केन्द्रीय सचिवालय सदस्य तथा केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालद्वार हस्ताक्षरित विज्ञप्तिमा जनाईए अनुसार पार्टीका केन्द्रीय नेताहरुले शोकाकुल परिवारजनलाई भेटेर समवेदना प्रकट गरेको उल्लेख छ ।