काठमाडौं, ३ मंसिर । आइतबार विहानमात्र निधन भएका छोरा प्रकाशलाई उनका पिता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै दागबत्ती दिने भएका छन्।

प्रकाशका छोराहरुको ब्रतबन्ध नभएका कारण प्रचण्डले नै दागबत्ती दिने सम्भावना रहेको पारिवारिक श्रोतले बताएको छ।

‘भाञ्जाबाबु (स्व प्रकाश) का दुई छोरा त छन्, तर उनीहरुको ब्रतबन्ध भएको छैन’ प्रकाशका मामा हिमराज पौडेलले भने, सम्भवतः भिनाजु (प्रचण्ड) ले नै भाञ्जाबाबुको पार्थिक शरीरमा दागबत्ती दिनु हुन्छ होला।’

प्रकाशकी जेठी पत्नी सिर्जनाबाट ८ बर्षीय छोरा प्रसिद्ध छन् भने कान्छी बीनाबाट जन्मेका ६ वर्षीय छोरा प्रणब छन्।

उमेर सानै भएकाले उनीहरुको ब्रतबन्ध भएको छैन। ब्रतबन्ध नभएका छोराले दागबत्ती दिने चलन हिन्दू संस्कारमा छैन।

चार बर्षअघि बुबाको निधन हुँदापनि प्रचण्डले आफै दागबत्ती दिएका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!