क्रिमश डे लाई राष्ट्रिय पर्व घोषणा गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

क्रिमश डे लाई राष्ट्रिय पर्व घोषणा गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिशमसलाई राष्ट्रिय पर्व घोषणा गरि सार्वजनिक विदा दिने र देशभर समाधिस्थलको व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन् । सोमबार ख्रीष्टियन महासंघ नेपाल नेतृत्वको टोलीको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले त्यस्तो प्रतिवद्धता जनाएका हुन् । ज्ञापन पत्रमा महासंघले ख्रीष्टियन समुदायको मृत्युसंस्कार जस्ता संवेदनशिल विषयलाई ध्यानमा राखी समाधिस्...
भिजिट भिसामा अलपत्र पर्नेलाई युएईमा सहयोग नमिल्ने

भिजिट भिसामा अलपत्र पर्नेलाई युएईमा सहयोग नमिल्ने

युएई, १४ कात्तिक । भिजिट भिसामा युएई आएर काम नपाएको अवस्थामा दलालले धोका दिएपछि अलपत्र परेका सुनसरीका १४ जना युवा गत बुधबार नेपाली दूताबासको शरणमा आइपुगे । नेपाल फिर्नका लागि हरेकलाई २७० दिराम्स खर्च लाग्ने र उनीहरुलाई बिहान बेलुका खानासमेत समस्या भएको खबर आयो । एक हप्ताग गर्न युएईमा रहेका सबै सासम्म आफूले स्थानीय रेस्टुरेन्टमा खानपिनको व्यवस्था गरे पनि पर्याप्त नभएका कारण पीडित नेपालीलाई सहयोम...
सडक निर्माणमा ठेकेदारको राजः बिलम्बमा पर्छ विकास

सडक निर्माणमा ठेकेदारको राजः बिलम्बमा पर्छ विकास

पोखरा, १४ कात्तिक । चैत ०७३ मै सक्नुपर्ने न्युरोड सर्फेस ड्रेसिङको काम ठेकेदार कम्पनीले गत भदौ अन्त्यतिर मात्रै थाल्यो । पोखरा महानगरपालिकासँग ठेक्का पाएको विराट एन्ड विशाल सिमरन जेभीले समयमै काम गर्न नसकेर वर्षायाममा काम थाल्यो । अविरल वर्षाको बीचमा गुणस्तरहीन काम हुन लागेकामा स्थानीय बासिन्दाले विरोध जनाए । महानगरले काम रोक्न निर्देशन दियो । दशैंभित्र सबै काम सक्नुपर्ने महानगरसँग सम्झौता भएक...
आयल निगमका नयाँ हाकिम भन्छन्- जग्गा खरिदबारे बढी नबोलौं

आयल निगमका नयाँ हाकिम भन्छन्- जग्गा खरिदबारे बढी नबोलौं

काठमाडौं, १४ कात्तिक । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिएका गोपाल खड्का मन्त्रालयमा तानिएपछि सोमबारदेखि निगमको कार्यकारी निर्देशक बनेका छन्- सुशील भट्टराई । विवादित जग्गा खरिद प्रक्रियामा भट्टराईको पनि नीतिगत संलग्नता रहँदै आएको छ । संसदीय छानविन समितिले निगम सञ्चालक समितिका पदाधिकारीहरुका साथै खरिद प्रक्रियामा संलग्न भट्टराई लगायतका कर्मचारीलाई पनि जिम्मेवार ठहर्‍याएको अवस्था छ । अनला...
चीनको रेल र तेल: कति भयो काम ?

चीनको रेल र तेल: कति भयो काम ?

काठमाडौं, १४ कात्तिक । उच्चस्तरीय भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच ८ चैत ०७२ मा नेपाललाई सहयोग पुग्ने गरी व्यापार र पारवहनसम्बन्धी महत्वपूर्ण सम्झौता भए । तर, त्यसमा अझै ठोस प्रगति देखिँदैन । १० चैत ०७२ मा १५ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो, जसमा व्यापार र पारवहनमा केन्द्रित विषयहरु समेटिएका थिए । तेलदेखि रेलसम्म संयुक्त वक्तव्यको आठ नम्बर ब...
सरकार झापा र मोरङमा भएका हत्याका दोषीलाई कहिले हुन्छ कारबाही ?

सरकार झापा र मोरङमा भएका हत्याका दोषीलाई कहिले हुन्छ कारबाही ?

मोरङ, १४ कात्तिक । पुर्वका बिभिन्न जिल्लाहरुमा दिनप्रतिदिन अपराधिक घटनाहरु बढदै गएका छन । पछिल्लो समयमा मोरङ र झापामा भएका दुईवटा ठुला घटनाहरुले सबैको ध्यान तानेको छ । ति घटनामा अपराधीहरुलाई पक्राउ गरी सजाय दिन नसक्दा प्रहरी प्रशासन समेत सर्बत्र आलोचित बनेको छ । बढ्दो हत्या र प्रहरीको ढिलासुस्तीले गर्दा प्रहरीप्रतिको बिश्वास आमसर्वसाधारणमा दिन घट्दै गएको छ । मोरङको कानेपोखरी गाँउपालिका ३ हरकपुर...
उदयपुरमा खुकुरी प्रहार गरी भाइले गरे दाजुको हत्या

उदयपुरमा खुकुरी प्रहार गरी भाइले गरे दाजुको हत्या

उदयपुर, १४ कात्तिक ।  उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार हत्या हुनेमा घुम्नेका ४५ वर्षीय बिसे सदा रहेका छन् भने हत्या गर्ने भाइ ३५ वर्षीय कृष्ण सदा रहेका छन् । इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाका अनुसार घर बनाउनका लागि कृष्ण सदाले दाजुसँग जग्गाको कुरा गर्...
एमबिबिएसमा मनपरी शुल्क लिन केयूको छुट

एमबिबिएसमा मनपरी शुल्क लिन केयूको छुट

सरकारले तोकेकोभन्दा बढी शुल्क लिन मात्र होइन, मेरिटलिस्ट छलेर विद्यार्थी भर्ना गर्न पनि अनुमति- सरकारको निर्णय र डा.गोविन्द केसीसँगको सहमतिविपरीत काठमाडौं विश्वविद्यालयले निजी मेडिकल कलेजहरूलाई सीधै विद्यार्थी भर्ना गर्न अनुमति दिएको छ । मेरिटलिस्ट छलेर मोलमोलाइका आधारमा विद्यार्थी भर्ना गर्न पनि कलेजहरूले छुट पाएका छन् । सरकारले २६ मंसिर ०७३ मा एमबिबिएस र बिडिएस भर्नाको शुल्क–सीमा तोकेको थियो...
तुलसीको पूजाअराधना गरी हरिबोधिनी एकादशी मनाइँदै

तुलसीको पूजाअराधना गरी हरिबोधिनी एकादशी मनाइँदै

काठमाडौं, १४ कात्तिक। आज हरिबोधिनी एकादशी, तुलसीको पूजाअराधना गरी मनाइँदैछ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाहसमेत गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन...
२०७४ कात्तिक १४ गते मंगलबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ कात्तिक १४ गते मंगलबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

वि.सं. २०७४ साल कात्तिक १४ गते। मंगलबार। इश्वी सन् २०१७ अक्टोबर ३१ तारिख। नेपाल संवत् ११३८ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– एकादशी, १५:०९ बजेउप्रान्त द्वादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पछिका लागि केही वस्तु त्याग्नुपर्ला। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। सद्...
अपडेट – सूमो दुर्घटनामा मृत्यु हुनेकाे संख्या ९ पुग्याे

अपडेट – सूमो दुर्घटनामा मृत्यु हुनेकाे संख्या ९ पुग्याे

उदयपुर, १३ कात्तिक । उदयपुरको सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिका वडा नं. ११ स्थित ठाटी भन्ने ठाउँमा सुमो दुर्घटना हुँदा मृत्यु हुनेकाे संखया ९ जना पुगेकाे छ । कटारीदेखि करिब ३५ किलोको दुरीमा ना.१ ज ३४०४ नम्बरको सुमो दुर्घटना हुँदा सात पुरुष  एक महिला र चालक सहित मृत्यु हुनेकाे संख्या ९ पुगेकाे हाे ।  दुर्घटनामा एक महिला र एक बालक सकुशल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख नवरा...
असुरक्षित बन्दै सडक यात्रा : तीन दिनमा तीन ठूला दुर्घटना, ४८ जनाको मृत्यु

असुरक्षित बन्दै सडक यात्रा : तीन दिनमा तीन ठूला दुर्घटना, ४८ जनाको मृत्यु

काठमाडौँ, १३ कात्तिक । देशका विभिन्न भागमा पछिल्लो तीन दिनमा तीन ठूला दुर्घटना भएका छन् । यी दुर्घटनामा ४८ जनाको ज्यान गइसकेको छ भने दर्जनौ घाइते भएका छन् । पछिल्लो समय दिनहुँजसो दुर्घटना हुन थालेपछि सर्वसाधारणलाई एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्नुअघि सोच्न बाध्य बनाएको छ । शनिबार बिहान राजविराजबाट काठमाडौ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ३१ जनाको ज्यान गएको थियो । कहाँली लाग्दो उक्त दु...
गुल्मीमा माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो, ८ जना घाइते

गुल्मीमा माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो, ८ जना घाइते

गुल्मी, १३ कात्तिक । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटनामा मृत्यु हुनेको संख्या नाैं पुगेको छ । ६ जनाको घटनास्थल मै मृत्यु भएको थियो भने घाइते भएका तीन जनाको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको  प्रहरीले जनाएको छ । उपचारका क्रममा मृत्यु हुने मध्ये एक जना गाडी चालक रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेहरूमा ३ जना महिला र ६ जना पुरूष रहेका छन् । घाइ...
प्रदेश २ मा सिट बाँडफाँड, माओवादीलाई १५ र एमालेलाई १३

प्रदेश २ मा सिट बाँडफाँड, माओवादीलाई १५ र एमालेलाई १३

काठमाडौं, १३ कात्तिक । एमाले र माओवादी केन्द्रले प्रदेश २ मा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । कार्यदल स्तरमा भएको छलफललाई शीर्ष नेताहरुले टुंगो लगाएको माओवादी नेता मातृका यादवले अनलाइनखबरलाई जानकारी दिए । प्रदेश २ मा प्रतिनिधिसभाका ३२ र प्रदेशसभाको ६४ सिट छन् । वाम गठबन्धनमा आवद्ध एमालेले प्रतिनिधिसभाका १३ र प्रदेशसभाका ३० सिट पाएको छ । माओवादी केन्द्रले भने प्रतिनिधिसभाको १...
गुल्मीमा माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो, ९ जना घाइते

गुल्मीमा माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो, ९ जना घाइते

गुल्मी, १३ कात्तिक । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटनामा मृत्यु हुनेको संख्या अाठ पुगेको छ । सात जनाको घटनास्थल मै मृत्यु भएको थियो भने घाइते भएका एक जनाको उपचारका क्रममा पाल्पाको मिशन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका क्रममा मृत्यु हुने गाडीका चालक रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेहरूमा ३ जना महिला र ५ जना पुरूष रहेका छन् । घा...
उदयपुरमा सुमो जीप दुर्घटना,  ८ जनाको मृत्यु

उदयपुरमा सुमो जीप दुर्घटना, ८ जनाको मृत्यु

उदयपुर, १३ कात्तिक । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नम्बरको सुमो जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिप आज दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  मृतक मध्ये ७ पुरुष र १ महिला रहेका छन् । उनीहरुको सनाखत हुन बाँकी रहेको छ । जिप कटारी–११को खाँडी भन्ने ठाउँमा सडकबाट ५०० मिटर त...
गुल्मीमा माइक्रो बस सडकबाट ३ सय मिटर तल खस्यो, ७ को मृत्यु, ६ घाइते

गुल्मीमा माइक्रो बस सडकबाट ३ सय मिटर तल खस्यो, ७ को मृत्यु, ६ घाइते

गुल्मी, १३ कात्तिक । बुटवलबाट तम्घासतर्फ गइरहेको माइक्रो बस गुल्मी दरबार गाउँपालिका–३ स्थित वीरबास भन्ने स्थानमा सोमबार दिउँसो दुर्घटना भएको छ । बा ४ ख ५५०१  नम्बरको माइक्रो सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको हो । दूर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने ६ घाइते रहेका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ । मृतक तथा घाइतेको सनाखत हुन सकेको छैन । हाल उद्दार कार्य जा...
‘अधिकार पाउँन महिलाहरु आफै अग्रसर हुनुपर्छ’

‘अधिकार पाउँन महिलाहरु आफै अग्रसर हुनुपर्छ’

धनकुटा, १३ कात्तिक । धनकुटामा आयोजित एक कार्यक्रममा सहभागिहरुले महिलाहरु आफ्नो हक अधिकार प्राप्तिका लागि आफै अग्रसर हुनुपर्नेमा जोड दिएका छन । संकल्पको सहयोगमा जिल्ला केन्द्रित व्यक्तिले आयोजना गरेको जिल्ला स्तरमा महिला अधिकार बारे परामर्श कार्यक्रममा बक्ताहरुले यस्तो बताएका हुन । कार्यक्रममा हरेक क्षेत्रमा महिला र पुरुषको समान सहभागिताको वारेमा पनि छलफल तथा परामर्श लिईएको थियो । कार्यक्रममा प...
भाग्य बदल्न यो गल्लीमा पालो कुरेर चुम्बन गर्छन् प्रेम जोडी

भाग्य बदल्न यो गल्लीमा पालो कुरेर चुम्बन गर्छन् प्रेम जोडी

एजेन्सी, १३ कात्तिक । मेक्सीकोका युगल जोडी आफ्नो प्रेम अमर बनाउनका लागि भाग्य बदल्नका लागि गुआनायुआटो शहरको एक गल्लीमा गएर एक अर्कालाई चुम्बन गर्छन् । उक्त गल्लीलाई ‘एले अफ द किस’ को नामले चिनिन्छ । यदि कुनै जोडीले उक्त गल्लीमा गएर चुम्बन गर्छन् भने उनीहरुले अर्को १५ वर्षसम्म खुसीको वरदान पाउने मान्यता रहिआएको छ । खुसीको वरदान हाँसिल गर्ने चाहमा मानिसहरु लाइन लागेर आफ्नो पालो कुरेर बस्छन् । यस...
द्धन्द्ध रुपान्तरण भएका बनको अनुगमन

द्धन्द्ध रुपान्तरण भएका बनको अनुगमन

धनकुटा, १३ कात्तिक । धनकुटामा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्रले गरेका कामको स्थलगत अनुगमन गरिएको छ । ग्रिन नेपाल मिडियामा आवद्ध पत्रकारहरुको टोलीले सामुदायिक वनमा गरिएको द्धन्द्ध रुपान्तरणको अवस्था अनुगमन गरेको हो । अनुगमन पश्चात सरोकारवालाहरुसँग अन्तरक्रिया पनि गरिएको छ । ग्रिन मिडियामा आवद्ध र स्थानीय पत्रकारहरु, सामुदायिक बन तथा बन कार्यालयका प्रतिनिधिवीच अन्तरक्रिया गरिएको हो । का...
निर्वाचन रोक्ने माग सर्वोच्चद्वारा अस्वीकार

निर्वाचन रोक्ने माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं, १३ कात्तिक । केन्द्र र प्रदेश निर्वाचन रोकिनुपर्ने मागसहित दायर भएको एक रिटमा निर्वाचन आयोगसँगको छलफलपछि सर्वोच्च अदालतले मागअनुरूप अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेशको मागलाई सर्वोच्चको संयुक्त इजलासले अस्वीकार गरेपछि आयोगलाई अघि बढ्न थप सहज भएको छ । आयोगले दल दर्ता गर्न र निर्वाचन चिह्न दिन नमानेपछि अन्तरिम आदेशमार्फत निर्वाचन प्रक्रिया नै रोक...
गुल्मीमा १३ जना यात्रु बोकेको माइक्राे भिरबाट खस्यो

गुल्मीमा १३ जना यात्रु बोकेको माइक्राे भिरबाट खस्यो

गुल्मी, १३ कात्तिक । वुटवलबाट तम्घासकाका लागि छुटेको बा ४ ख ५५०१ नं. को यात्रुबाहक माइक्राे साेमबार दिउसाे जिल्लाको गुल्मीदरबार गाउँपालिका-४ मा दुर्घटना भएकाे छ । १३ जना यात्रु लिएर गुडेकाे माइक्राे बिपरीत दिशाबाट अाउदै गरेकाे अर्काे गाडीसंग ठक्कर खाएर सडकबाट ३०० मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ । दुर्घटनाकाे थप बिवरण अाउन बाकी रहेकाे छ ।
बालिकाको बलात्कारपछि आँखा निकालेर हत्या प्रयास

बालिकाको बलात्कारपछि आँखा निकालेर हत्या प्रयास

भोजपुर, १३ कात्तिक । दक्षिणी आमचोक गाउँपालिकास्थित एक दलित बालिकामाथि बलात्कारपश्चात निर्मम कुटपिट गरी ज्यान मार्ने प्रयास भएको छ ।  १४ वर्षीया रमा विश्वकर्मा (नाम परिवर्तन)लाई कार्तिक ११ गते दिउँसो सोही ठाउँकै सन्तोष श्रेष्ठले बलात्कारपछि आँखा झिकेर हत्या गर्ने प्रयास गरेका थिए । घरपरिवारले खोज्दै जाने क्रममा गाउँ नजिकैको भीरबाट लडेर घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्...
६ अर्बको हतियार किन्ने खेल, कमिसन मात्रै ९४ करोड !

६ अर्बको हतियार किन्ने खेल, कमिसन मात्रै ९४ करोड !

काठमाडौँ, १३ कात्तिक । ‘नेपाल प्रहरीका कुल ७२ हजार ७३३ जनशक्तिमध्ये करिब ७५ प्रतिशत अर्थात करिब ५४ हजारलाई मात्रै फिल्डमा उतार्न सकिन्छ, अरू जनशक्ति कार्यालय सुरक्षा, कारागार तथा अन्य सुरक्षामा खटिन्छन् । ७५ प्रतिशत फौज सबैले हतियार बोक्दा पनि नेपाल प्रहरीसँग १० हजार थान हतियार बचत हुने अहिलेको अवस्था छ ।’ (–राजेन्द्र सिंह भण्डारी, पूर्व एआईजी नेपाल प्रहरी) प्रहरी प्रधान कार्यालयले फौजका लागि ...
आचारसंहिताको धज्जी उडाउँदै ३०२ जना प्रहरी इन्सपेक्टरको सरुवा (हेर्नुहोस् सूची)

आचारसंहिताको धज्जी उडाउँदै ३०२ जना प्रहरी इन्सपेक्टरको सरुवा (हेर्नुहोस् सूची)

काठमाडौँ, १३ कात्तिक । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३०२ जना (इन्सपेक्टर)प्रहरी अधिकारीको सरुवा गरेको छ । निर्वाचन आचारसंहिता लागु भइसके पनि आवश्यक्ता अनुसार भन्दै ती प्रहरी अधिकृतहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ । प्रहरी प्रधान कार्यलयले सरुवा मिति कार्तिक १२ गतेको राखेपनि कार्तिक महिनाको तलब तथा सुविधा सरुवा भएकै स्थानबाट लिने गरी सरुवा गरिएको जनाएको छ । यसरी सरुवा...
यसकारण ५४ वर्षदेखि गुफामा बस्दै आइरहेकाे छ याे जोडी

यसकारण ५४ वर्षदेखि गुफामा बस्दै आइरहेकाे छ याे जोडी

मायामा परेपछि मानिस जस्तोसुकै अवस्थाबाट पनि गुज्रिन तयार हुन्छ । चीनमा बस्दै आइरहेका एक जोडीको पनि यस्तै अजबगजब प्रेम कथा रहेको छ । लियांग जिफु र ली सुइंग नाम गरेका यी जोडी ५४ वर्षदेखि गुफामा बस्दै आइरहेका छन् । दक्षिण पश्चिम चीनमा रहेको नैचोग सिटीमा यो जोडीले घरको भाडा तिर्न नसकेपछि उनीहरुले गुफामा बस्ने निर्णय गरे । ५४ वर्षपछि यी जोडीहरुले गुफामा ३ वटा बेडरुम र एउटा किचन तथा लिबिङ रुम बनाएका ...
अण्डा पार्न थाले दुर्लभ डंगर गिद्धले

अण्डा पार्न थाले दुर्लभ डंगर गिद्धले

चितवन, १३ कात्तिक । चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन केन्द्रमा रहेका दुर्लभ डंगर गिद्धले अण्डा पार्न थालेका छन् । गत वर्ष १५ वटा गिद्धले अण्डा पारेका थिए भने यस वर्ष एउटा गिद्धले अण्डा पारिसकेको छ । नोभेम्बर/डिसेम्बर महिनामा अण्डा पार्ने भए पनि यस वर्ष केही छिटो अण्डा पारेको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार केन्द्रमा ५७ वटा गिद्ध रहेका छन् ।...
१३ वर्षीय भाइको हत्या आरोपित दिदीले प्रहरी चौकीकाे शौचालयमा सलको पासो लागार्इ गरिन् आत्महत्या

१३ वर्षीय भाइको हत्या आरोपित दिदीले प्रहरी चौकीकाे शौचालयमा सलको पासो लागार्इ गरिन् आत्महत्या

सिरहा, १३ कात्तिक । भाइको हत्या आरोपमा पक्राउ परेकी दिदीले सिरहाको विष्णुपुर प्रहरी चौकीमै आत्महत्या गरेकी छिन्। कर्जन्हा नगरपालिकाको बन्दिपुरका १३ वर्षीय भवेशकुमार यादवको हत्या उनका साथी सञ्जयकुमार साह र नाताले दिदी पर्ने प्रियंकाले गरेको भन्दै प्रहरीले आइतबार उनीहरुलाई सार्वजनिक गरेको थियो। ईलाका प्रहरी कार्यालय मिर्चैयामा सार्वजनिक गरिए पनि कैदी राख्ने ठाउँ नभएपछि विष्णुपुर पुर्याइएकी प्रियंका...
मधेसीले धानेको काठमाडौं ! छठमा के-के भयो ?

मधेसीले धानेको काठमाडौं ! छठमा के-के भयो ?

काठमाडौं, १३ कात्तिक । जमलका होटल व्यवसायी सुरज लिम्बुको होटलमा रक्सीको बोतलको चाङ लाग्यो । तर, झण्डै एक हप्तादेखि उनको खाली सिसीबोतल लैजाने मानिसहरु आएनन् । दैनिक होटलबाटै बोतल किनेर लैजाने ब्यापारीहरु छठ मनाउन तराई झरेपछि लिम्बु स्टोरमा थन्किएका खाली बोतलहरु कता तह लगाउने भन्ने चिन्तामा परे । बिहानै साइकलमा तरकारी लिएर ढोका-ढोका पुग्ने ब्यापारी गतहप्ता राजधानीबाट गायब भए । कुकर, ग्यास स्टोभ ...
बाँसमा (कविता)

बाँसमा (कविता)

हँसियाको टुप्पोले खोपेर बाँसघारिको एउटा बाँसमा किन लेख्यौ मेरो नाम ? धेरै वर्षपछि बाले काट्नुभयो त्यही बाँस र टाट्नो बनाउनुभयो । बाख्राको घाँस थामेर उभिँदा उमिँदै मेरो नाम खोपिएको बाँसले बनेको टाट्नो यसपालिको वर्षात नसकिँदै मक्किएर ढल्यो मक्किन बाँकी बाँसको टुक्रामा अझै थियो मेरो नाम, त्यही टुक्रा झोसेर बाल्नुभो आमाले अँगेनोमा आगो र भुट्नुभो मकै भट्मास । आगोले बाँस डढेप...
२०७४ कात्तिक १३ गते सोमबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ कात्तिक १३ गते सोमबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

वि.सं. २०७४ साल कात्तिक १३ गते। सोमबार। इश्वी सन् २०१७ अक्टोबर ३० तारिख। नेपाल संवत् ११३८ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– दशमी, १४:५५ बजेउप्रान्त एकादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ। आम्दानी रोकिनाले...
error: Content is protected !!