तीन दिनदेखि डढेलो नियन्त्रणमा नआएपछि सेना खटियो
बागलुङ, १ पुस । जिल्लाको ताराखोला स्थित जंगलमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा नआएपछि आगो निभाउन नेपाली सेनाको टोली घटनास्थल पुगेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले डढेलो नियन्त्रणका लागि नेपाली सेनाको टोली शुक्रबार बेलुकै डढेलो लागेको ठाउँतर्फ गएको जानकारी दिए।
‘हिजो दिउँसो आगो झन् फैलिएको खबर आएपछि बेलुकै सेनाको टोली यहाँबाट घोडाबाँधे ब्यारेक पुगेको छ,’ उनले भने, ‘सेनालाई ...




















