पोखरा, १ पुस । नेपाल पत्रकार महासंघ कास्कीको भवनमा आठ लाख रुपैयाँको लागतमा सुविधासम्पन्न मिडिया सेन्टर एवं तालीम कक्ष सञ्चालनमा ल्याइएको छ।

Advertisement

पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित केन्द्रमा नौ कम्प्युटर, फोटो कपी मेसिन, स्क्यानर, प्रोजेक्टरलगायतको सुविधा छ। नवनिर्मित केन्द्रको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरेका छन्।

महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक, कुसुम केशव पराजुली बोलेका थिए । सञ्चार केन्द्र कास्कीमा पत्रकारिताको विकासमा केन्द्र कोशेढुंगा सावित हुने बताए।

पोखरा महानगरमा दुई दर्जनभन्दा बढी एमएम रेडियो, एक दर्जन दैनिक पत्रिका, चार वटा टेलिभिजनलगायत दर्जनौैं साप्ताहिक, पाक्षिक र मासिक पत्रिका प्रकाशित हुँदै आएका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!