काठमाडौँ, २९ मंसिर ।  तीन चरणमा भएको स्थानीय तहको निर्वाचनमा भन्दा दुई चरणमा भएको प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा १२ लाख १७ हजार ३ सय ९२ कम मतदाता सहभागी भएका छन् ।

Advertisement

स्थानीय तहको निर्वाचनमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता रहेकोमा १ करोड ४ लाख ३१ हजार ४ सय ६० जनाले मतादान गरेको निर्वाचन आयोगको आँकडा छ । यो चुनावमा मतदाता परिचयपत्र लिएका मध्ये ३६ लाख २३ हजार २२ जना मतदान प्रक्रियामा सहभागी भएनन् ।

यता प्रतिनिधी सभाको निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदाता मध्ये  १ करोड ५लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरे । यो निर्वाचनमा मतदाता परिचयपत्र लिएका मध्ये ४८ लाख ४० हजार ४ सय १४ मतदाता मतदान प्रक्रियामा सामेल भएनन् ।

स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधी सभाको निर्वाचनमा १३ लाख ५५ हजार मतदाता थपिएका थिए ।

आयोगले गत भदौ ५ गतेसम्म १८ बर्ष पुगेका नागरिकलाई मतदाता नामावलीमा राखेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!