- संगालोखबर सम्वाददाता

धनकुटा, २९ मंसिर । धनकुटा ६ कचिडेस्थित डा.रामप्रसाद पोखरेल ऑखा अस्पतालले धनकुटालाई ऑखा उपचारको हव बनाउने दावी गरेको छ । पुर्वका जिल्लाको आकर्षण बन्दै गएको अस्पतालले अब ऑखा उपचारको केन्द्र बनाउने जनाएको हो ।

अस्पतालले एक वर्षको अवधिमा झन्डै तीन लाख बढि ऑखाको उपचार गरेको छ । नेपाल नेत्र ज्योति संघको नवौ साधारण सभा तथा अस्पतालको चौथो स्थापना दिवसको अवसरमा सुक्रवार आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

Advertisement

विशेषगरी पुर्वी पहाडी जिल्लालाई कार्यक्षेत्र बनाएको अस्पतालले आ.व.२०७३÷०७४ मा नियमित बहिरंग सेवा मार्फत ९ हजार २ सय ९१, मोतियाबिन्दु सल्यक्रिया ४ सय ७७, सल्यक्रिया शिविरमा १ सय ६९ जनाको उपचार गरिएको नेपाल नेत्रज्योति संघका जिल्ला अध्यक्ष तथा अस्पताल सञ्चालक समिति प्रमुख द्रोर्णप्रसाद गुरागाईले जानकारी दिए ।

आँखा अस्पतालको कार्यक्रम । तस्वीर: संगालोखबर

धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ र सुनसरी जिल्लामा सेवा उपलब्ध गराएको छ । जिल्लाका एक सय विद्यालयका ८ हजार विद्यार्थीको ऑखा जॉच गरिएको छ । सेवा फाउण्डेशन अमेरीकाले चिकित्सक तथा शिविरका लागि सहयोग रकम उपलब्ध गराउने जनाईएको छ ।

अस्पतालले शिक्षक तथा महिला स्वास्थ्य स्वयम्सेविकालाइ ऑखा सुरक्षा सम्बन्धि शिक्षक तालिम दिएको जनाएको छ ।यसैगरी ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिसकेको छ । अस्पतालले प्रत्येक वुधवार शल्यक्रिया सेवा दिंदै आएको छ ।

अस्पतालले आगामी दिनमा पुर्वी जिल्लालाई ऑखा उपचारका लागि सर्वसुलभ सेवा दिने लक्ष्य लिएको नेत्र ज्योति संघ तथा अस्पताल सञ्चालक समितिका सचिव रोषेश श्रेष्ठले जानकारी दिए ।

यो पनि पढ्नुहोस् …

आँखा अस्पताल सञ्चालनमा सहयोग गर्नेलाई सम्मान

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!