दार्चुला, १ पुस । जिल्लाको मालीकार्जुन गाउँपालिका ८ पस्ती नजिक अनटेष्ट स्काभेटर दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन ।

Advertisement

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बैतडिबाट दार्चुला सदरमुकाम आउँदै गरेको नयाँ स्काभेटर ऐरिछाना र पस्तीको बिचमा पर्ने भर्कोट खोलामा खस्दा तीन जना घाइते भएका हुन् ।

घाइतेलाइ उपचारको लागि दार्चुला जिल्ला अस्पताल खलंगा लगिएको छ ।

शुक्रबार साँझ ७ बजेतिर दुर्घटना भएको हो ।  घाइते तिनै जना बोल्न नसक्ने अवस्थामा भएकोले उनीहरुको परिचय खुल्न नसकेको प्रहरीले रातोपाटीलाई बतायो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!