सिन्धुपाल्चोक, २९ मंसिर । साथीले बोकेको भरुवा बन्दुक पड्कदा सिन्धुपाल्चोकमा एक किशोरको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा हेलम्बु गाउँपालिका–५ बोल्दे बस्ने १५ बर्षीय दिनेश तामाङ रहेका छन् ।

विहीबार उनी समेतका सोही ठाउँ बस्ने २५ बर्षीय पासाङ तामाङ र १८ बर्षीय सुनिल तामाङ चौरीखोर सामुदायीक बनमा शिकार खेल्न गएका थिए । सोही क्रममा किल्मो खोला भन्ने स्थानमा पासाङ तामाङले बोकेको भरुवा बन्दुक पड्कदा दिनेशको पेटमा लागेको थियो ।

घाइते दिनेशको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएका हो ।

प्रहरीले सुनिललाई पक्राउ गरेको छ भने फरार रहेका पासाङको खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!