काठमाडौं, १ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार बिहान भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, नयाँ सरकार गठन र राजनीतिक नियुक्ति तथा सरुवा बढुवाका विषयमा छलफल भएको बताइएको छ ।
प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सिनाले कामचलाउ भूमिकामा देउवा सरकार रहेकाले राजनीतिक महत्व राख्ने सरुवा बढुवाका निर्णय नगर्न प्रधानमन्त्रीलाई प्रचण्डले सचेत गराएका बताए । गर्नै परे राजनीतिक सहमतिको आधारमा गर्न पनि देउवालाई सुझाव दिइएको प्रचण्डले तिमल्सिनाले बताए ।