विराटनगर, २९ मंसिर । मोरङमा बिरामी बोकेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।  इलामबाट बिरामी बोकेर सुनसरीको धरानतर्फ गइरहेको मे१च १२९५ नं को एम्बुलेन्स सुन्दरहरैचा–७ मा अनियन्त्रित भई दुर्घटना भएको प्रदेश नं–१ को विराटनगरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

दुर्घटनामा एम्बुलेन्स चालक इलाम–६ बस्ने सुनील राईको अवस्था गम्भीर रहेको र एम्बुलेन्समा सवार सोही ठाउँका शिशिर शेर्मा, लिम्बू, प्रमिला कार्की, रमिला लिम्बू र नेपाल खड्काको अवस्था भने सामान्य रहेको बताइएको छ । घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!