बर्दिवास, १ पुस । पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने माईस्थान वन क्षेत्रमा शुक्रबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

Advertisement

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३६ प २४७९ र पूर्वबाट पश्चिम जाँदै गरेको ज १० प ७७३२ नंको मोटरसाइकल बर्दिवास नगरपालिका–५ मा पर्ने माईस्थानमा ठोक्किँदा सिन्धुली, तीनपाटनका २७ वर्षीय जीवन पोखरेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीले जनाएको हो ।

पोखरेल आफैँले बा ३६ प २४७९ नंको मोटरसाइकल चलाएका थिए । सो दुर्घटनामा परी अन्य दुई जना घाइते भएको र उनीहरुलाई बर्दिवासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!