
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४३ हजार तीन सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर तीन हजार एक सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला तीन हजार एक सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













