संखुवासभाको सिलिचोङमा प्रहरी र बिप्लव कार्यकर्तावीच गोली हानाहान

संखुवासभाको सिलिचोङमा प्रहरी र बिप्लव कार्यकर्तावीच गोली हानाहान

संखुवासभा । संखुवासभामा आज प्रहरी र नेत्रविक्रम चन्द समूहबीच झडप भएको छ । प्रहरीको गस्ती टोली माथि सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको हेयाङ्ला भन्ने स्थानमा सो समूहले आक्रमण गरेपछि केहीबेर गोली हानाहान भएको प्रहरीले जनाएको छ । कुनै क्षति भने नभएको प्रहरीले बताएको छ । उनीहरु २५ जना भन्दा बढीको समूहमा रहेको स्थानीयले जनाएका छन् । प्रहरीले जवाफी फायरिङ्ग खोलेपछि चन्द समूहका कार्यकर्ता भागेको प्रमुख...
चौबिसे गाउँपालिकाको बजेट ३६ करोड : शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता

चौबिसे गाउँपालिकाको बजेट ३६ करोड : शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेर ३६ करोड ४७ लाख ९१ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । बजेटमा आन्तरिक आयतर्फ १८ करोड ७६ लाख ९१ हजार र सशर्ततर्फ १७ करोड ७१ लाख छ । शिक्षातर्फ १ करोड २० लाख ९० हजार र स्वास्थ्यमा ५६ लाख ४४ हजार विनियोजन गरिएको छ । त्यस्तै कृषितर्फ ५५ लाख, पशुमा २० लाख, खेलकुद तथा सांस्कृतिक ...
छोरीद्वारा आमाको हत्या : आमालाई मार्न १२ लाख दिएको पुष्टि

छोरीद्वारा आमाको हत्या : आमालाई मार्न १२ लाख दिएको पुष्टि

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा आइतबार ६१ वर्षीया सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनानुसार भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी सो घटना दिउँसो हत्या गरिएकी भट्टराईकी छोरी ईश्वरीकै योजनाअनुसार भएको बताएको हो । प्रहरीले हत्यामा संलग्न सिरहा कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसाद, भारतीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै मोहम्मद रह...
अख्तियार पूर्वआयुक्तको पैसा नासुको खातामा

अख्तियार पूर्वआयुक्तको पैसा नासुको खातामा

काठमाडौं। घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति नायबसुब्बाका नाममा जम्मा गरेको खुलेको छ । आयुक्त पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत नासु ललितकुमार झाका नाममा राखेको पाइएको हो । अकुत सम्पत्ति आर्जन गरेको अभिय...
२०७६ असार १६ गते सोमबारको राशिफल

२०७६ असार १६ गते सोमबारको राशिफल

वि.सं. २०७६ असार १६। सोमबार। इ.स. २०१९ जुलाई १। ने.सं. ११३९ तछलागा। आषाढ कृष्णपक्ष। चतुर्दशी, २६:२८ उप्रान्त औंसी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिएला। परिस्थितिवश योजना परिवर्तन हुन सक्छ। अर्थ अभाव देखिए पनि आफ्ना सूचना सम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। आजको श्रमले भविष्यमा भने नाम, दाम...
भेडेटारमा ट्रेड युनियनको प्रदेश स्तरीय कार्यक्रम

भेडेटारमा ट्रेड युनियनको प्रदेश स्तरीय कार्यक्रम

धनकुटा । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश कार्य समितिको बैठक तथा क्षमता विकास तालिम भेडेटारमा सम्पन्न भएको छ । बैठकले ट्रेड युनियन कांग्रेसलाई अझ सशक्त बनाउदै विभिन्न कार्यक्रम संचालन गर्ने लगायत निर्णय गरेको युनियनका धनकुटा अध्यक्ष विगेन्द्र याक्खाले जानकारी दिए । कार्यक्रममा युनियनका प्रदेश अध्यक्ष नारायणबाबु कार्की, महाधिवेशन प्रतिनिधि विजय सन्तोषी राई, उदयपुर अध्यक्ष केदार कटुवाल लगायतले...
संखुवासभाबाट भरूवा बन्दुकसहित पक्राउ

संखुवासभाबाट भरूवा बन्दुकसहित पक्राउ

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–६ बाट भरूवा बन्दुकसहित एक पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा वाना प्रहरीले पाँचखपन–६ का २९ वर्षीय जगत रानामगरलाई पक्राउ गरेको हो । रानाले घरभित्र लुकाइ ‘लोड’ गरेर राखेको भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । रानामगरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
देशभर धान दिवस मनाइँदै

देशभर धान दिवस मनाइँदै

काठमाडौं । मानो रोपेर मुरी फलाउने दिनका रुपमा असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता ...
२०७६ असार १५ देखि २१ गतेसम्मको साप्ताहिक राशिफल

२०७६ असार १५ देखि २१ गतेसम्मको साप्ताहिक राशिफल

यो साता भित्र पर्ने मुख्य पर्व तथा शुभ मुहूर्त का दिनहरु : असार १५ गते – असार पन्ध्र दहि चिउरा खाने दिन, राष्ट्रिय धान दिवस, रुद्रि पुजा ( शिववास) जुरेको दिन छ । । असार १६ गते – दिल्लाचहे्रपुजा र अग्निवास ( होमादि कार्य) जुरेको दिन छ । । असार १७ गते – आषाढ कृष्ण औंसी र खेलकुद पत्रकार दिवस रहेको छ । असार १८ गते – कुनै महत्वपूर्ण पर्व वा दिन परेको छैन । असार १९ गते – श्री जगन्नाथ रथयात्रा, रु...
२०७६ असार १५ गते आइतबारको राशिफल

२०७६ असार १५ गते आइतबारको राशिफल

वि.सं. २०७६ असार १५। आइतबार। इ.स. २०१९ जुन ३०। ने.सं. ११३९ तछलागा। आषाढ कृष्णपक्ष। त्रयोदशी, २७:२८ उप्रान्त चतुर्दशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आत्मविश्वासको कमीले पछि परिनेछ। काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। शुभचिन्तकहरूको भावनालाई विचार गरेर काम सुरु गर्दा फाइदा हुनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादले व्यर्थैमा मानह...
देशभर बृक्षारोपण दिवस मनाईदै : धनकुटामा पनि रोपियो बिरुवा

देशभर बृक्षारोपण दिवस मनाईदै : धनकुटामा पनि रोपियो बिरुवा

धनकुटा । राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा आज देशभर बृक्षारोपण कार्यक्रम गरिदैछ । सरकारले असार १४ गतेलाई राष्ट्रिय बृक्षारोपण दिवस मनाउँने निर्णय गरेकाले आज बृक्ष रोपेर पहिलो राष्ट्रिय बृक्षारोपण दिवस मनाईदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौंको कलंकी–कोटेश्वर सडकखण्ड स्थित सडक किनारामा नासपातीको बिरुवा रोपेर अभियान सुभारम्भ गरेका छन् । यसैवीच दिवसको अवसरमा शनिबार धनकुटामा पनि बृक्षार...
धनकुटाका सफल कृषकलाई ७ लाख अनुदान

धनकुटाका सफल कृषकलाई ७ लाख अनुदान

धनकुटा । मटरकोसा उत्पादनमा १० प्रतिशत उत्पादकत्व बढाउन सफल धनकुटाका कृषकहरुलाई प्रोत्साहन स्वरुप ७ लाख रुपैयाँ अनुदान वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई तरकारी जोन सिधुवाले कृषकहरुलाई प्रतिफलमा आधारित प्रोत्साहन स्वरुप अनुदान वितरण गरेको हो । जिल्लाको महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिकाका ४५ वटा कृषि समुहका ६ सय ५७ जना कृषकलाई अनुदान दिईएको छ । के...
२०७६ असार १४ गते शनिबारको राशिफल

२०७६ असार १४ गते शनिबारको राशिफल

वि.सं. २०७६ असार १४। शनिबार। इ.स. २०१९ जुन २९। ने.सं. ११३९ तछलागा। आषाढ कृष्णपक्ष। द्वादशी, २८:०१ उप्रान्त त्रयोदशी।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। सहयोगीहरूले नयाँ कामको प्रस्ताव ल्याउनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। अवसर प...
अरुण नदीले बगाउँदा मानबहादुर बेपत्ता

अरुण नदीले बगाउँदा मानबहादुर बेपत्ता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ बेलटारबाट आज विहान अरुण नदीले बगाएर एक जना बेपत्ता भएका छन् । बर्षासँगै नदीमा बाढी आएपछि बढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा अरुण नदीले बगाउँदा महालक्ष्मी –४ सिखरकटेरीका ५२ वर्षीय मानबहादुर योगी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए । परिवारसँगै नदीमा दाउरा निकाल्न गएका योगीलाई विहान ९ बजेतिर नदीले बगाएको थियो...
कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस)को नतिजा प्रकाशित भएको छ । गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले सार्वजनिक गरेको हो । ईपीएस कोरिया शाखा नेपालले भाषा परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिँदै यसबारे केहीबेरमा विस्तृत जानकारी दिने बताएको छ । परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ । जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० ...
२०७६ असार १३ गते शुक्रबारको राशिफल

२०७६ असार १३ गते शुक्रबारको राशिफल

वि.सं. २०७६ असार १३। शुक्रबार। इ.स. २०१९ जुन २८। ने.सं. ११३९ तछलागा। आषाढ कृष्णपक्ष। एकादशी, २८:०३ उप्रान्त द्वादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। वि...
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार बिहीबार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/...
पृथ्वी राजमार्गमा यातायात सुचारु

पृथ्वी राजमार्गमा यातायात सुचारु

धादिङ। गएरातिदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गमा आज दिउँसोबाट यातायात सुचारु भएको छ । झण्डै ६ घण्टा लगाएर लेदो माटो हटाएपछि पृथ्वी राजमार्गमा गाडी चल्न थालेका छन् । लामो समयको अवरोधपछि गाडी खुलेकाले अहिले सडकमा सवारीको अत्याधिक चाप रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अहिले गजुरीदेखि गल्छी सिम्लेसम्म सवारीको अत्याधिक चाप छ । रागमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ महेश दोभानमा...
पाँचथरको तिङदेन बजारमा आगलागी

पाँचथरको तिङदेन बजारमा आगलागी

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–४ स्थित तिङदेन बजारमा बिहीबार बिहान आगलागी हुँदा ५६ लाख भन्दा बढीको क्षति भएको छ । स्थानीय तिलविक्रम सम्बाहाम्फेको घरमा जडान गरिएको विद्युतको मिटर बक्सबाट सल्किएको आगोले सम्बाहाम्फेको टिनले छाएको २ तले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । छिमेकी लेखनाथ खनालको घरमा पनि क्षति पुगेको छ । सम्बाहाम्फेको घरमा किराना पसलसमेत थियो । सम्बाहाम्फेको घरमा रहेको किराना प...
एसईईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा

एसईईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशन हुँदैछ । नतिजा प्रकाशनको अन्तिम तयारी भईरहेको छ। नतिजा सार्वजनिक गर्नु अगाडि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्नु पर्ने प्रावधान भएकाले दिउँसो २ बजे बोर्ड बैठक बस्दैछ । सबै तयारी पूरा भइसकेकाे र बाेर्डले निर्णय गरेर आजै नतिजा प्रकाशन गरिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए। ‘बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुन्छ ।’ अ...
सडकमा लेदो थुप्रिएपछि पृथ्वी राजमार्ग अवरुद्ध, हजारौं यात्रु अलपत्र

सडकमा लेदो थुप्रिएपछि पृथ्वी राजमार्ग अवरुद्ध, हजारौं यात्रु अलपत्र

धादिङ। माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको हो । लेदोमा केही सवारीसाधन समेत फँसेका छन् । सडकभन्दा माथि बालुवा निकालिएको छ । बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो । राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा...
२०७६ असार १२ गते बिहिबारको राशिफल

२०७६ असार १२ गते बिहिबारको राशिफल

वि.सं. २०७६ असार १२। बिहीबार। इ.स. २०१९ जुन २७। ने.सं. ११३९ तछलागा। आषाढ कृष्णपक्ष। दशमी, २७:३५ उप्रान्त एकादशी।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। प्र...
प्रकाश सपुत र शम्भु राईबीच सहमति

प्रकाश सपुत र शम्भु राईबीच सहमति

काठमाडौं । ‘गलबन्दी’ गीतको बिबाद अन्ततः सहमतिमा टुंगिएको छ । गायक शम्भु राई र गायक प्रकाश सपुतविच गीतको लय चोरीको बिषयमा केही समयदेखि लफडा चलिरहेको थियो । तर, प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको छ । ‘गलबन्दी’ गीत सार्वजनिक भएसँगै गायक शम्भु राईले यसमा समावेश भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा उजुरी दर...
एसईईको नतिजा बिहिबार प्रकाशन हुने

एसईईको नतिजा बिहिबार प्रकाशन हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल बिहीबार (भोलि) प्रकाशित गर्ने भएको छ । बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा बिहिबार मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको हो । बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले भने, ‘हामी तयारी गर्दैछौं । भोलिसम्ममा परीक्षाफल प्रकाशित हुनेछ ।’ परीक्षाफल प्रकाशित गर्न केही सामान्य काम बाँक...
प्रेम र पैसाका कारण पाँचथरमा शृङ्खलाबद्ध हत्या

प्रेम र पैसाका कारण पाँचथरमा शृङ्खलाबद्ध हत्या

पाँचथर । माइक्रो फाइनान्सको किस्ता तिर्ने मिति नजिकिदै थियो। तर, पाँचथरको हिलिहाङ ६ का १९ वर्षीय घनेन्द्र लावती र उनको परिवारसँग किस्ता तिर्ने पैसा जुटेन। पैसा अभावमा उनी र उनको परिवार समस्यामा थियो। मंगलबार गाउँमा एनएमबी माइक्रो फाइनान्सको लगानी रहेको दुई समूहमा फाइनान्सले बैठक बोलाएको थियो। बैठकमा एनएमबी माइक्रो फाइनान्स गोपेटार शाखाकी कर्मचारी सुजता तामाङ पैसा संकलन गर्न गएकी थिइन्। समूहबाट ...
२०७६ असार ११ गते बुधबारको राशिफल

२०७६ असार ११ गते बुधबारको राशिफल

वि.सं. २०७६ असार ११। बुधबार। इ.स. २०१९ जुन २६। ने.सं. ११३९ तछलागा। आषाढ कृष्णपक्ष। नवमी, २६:३७ उप्रान्त दशमी।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि पनि केही खर्च हुन सक्छ। विदेश यात्रा, व्यापार तथा दान-दातव्यमा खर्च...
नोबेलमा ‘ओपन हार्ट सर्जरी’ सुरु गर्ने तयारी

नोबेलमा ‘ओपन हार्ट सर्जरी’ सुरु गर्ने तयारी

बिराटनगर। नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको छ । ओपन हार्ट सर्जरी सुरु गर्नका लागि अन्तिम तयारी भईरहेको नोबेल अस्पतालले जनाएको छ । असार महिना भित्रै सेवा सुरु गरिने मुटु रोग बिशेषज्ञ डा.राजेश नेपालले जानकारी दिए । ‘सामान आईसक्यो, केहि प्राविधिक काम सकेपछि ओपन हार्ट सर्जरी सुरु गर्छौ ।’ डा.नेपालले भने । नेपालका केहि अस्...
उपमेयरको गाडीमा आगजनी

उपमेयरको गाडीमा आगजनी

नवलपरासी । नवलपुरको कावासोती नगरपालिकाका  उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी भएको छ । राति साढे १ बजेनगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी भएको हो । उपप्रमुख मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारिमा पार्किंङ गरी राखेको गाडीमा आगजनी भएको हो ।  मोटरसाइकलमा आएका २ जनाले आगजनी गरेर फरार भएका थिए । भने, आगजनीबाट गाडीको पछाडिको भागमा सामान्य क्षति प...
२०७६ असार १० गते मंगलबारको राशिफल

२०७६ असार १० गते मंगलबारको राशिफल

वि.सं. २०७६ असार १०। मंगलबार। इ.स. २०१९ जुन २५। ने.सं. ११३९ तछलागा। आषाढ कृष्णपक्ष। अष्टमी, २५:१३ उप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ। भैपरी आउने समस्याले खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। पछिका लागि ल...
२०७६ असार ९ गते सोमबारको राशिफल

२०७६ असार ९ गते सोमबारको राशिफल

वि.सं. २०७६ असार ९। सोमबार। इ.स. २०१९ जुन २४। ने.सं. ११३९ तछलागा। आषाढ कृष्णपक्ष। सप्तमी, २३:२८ उप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ।...
रस्मिताले पहिरिइन् नोबेल मिस नेवाः कोशीको ताज (भिडियोसहित)

रस्मिताले पहिरिइन् नोबेल मिस नेवाः कोशीको ताज (भिडियोसहित)

मोरङ । बिराटनगरकी रस्मिता उदास नोवेल मिस नेवाः कोशी बिजेता बनेकी छन् । बिराटनगर स्थित वीरेन्द्र शभागृहमा शनिबारराति सम्पन्न फाईनलमा ११ प्रतियोगिलाई उछिन्दै रस्मिताले तेस्रो संस्करणको मिस नेवाः ताज पहिरिएकी हुन् । पूर्व मिस नेवाः बिजेता सुदा श्रेष्ठले उदासलाई ताज पहिराईन् । त्यस्तै बिराटनगरकै सुनैना श्रेष्ठ फस्ट रनरअप र धरानकी सुजना तुलाधर सेकेण्ड रनरअप बनिन् । सञ्चारकर्मीसमेत रहेकी बिजेता उदासल...
error: Content is protected !!