काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस)को नतिजा प्रकाशित भएको छ । गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले सार्वजनिक गरेको हो ।

Advertisement

ईपीएस कोरिया शाखा नेपालले भाषा परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिँदै यसबारे केहीबेरमा विस्तृत जानकारी दिने बताएको छ । परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ ।

जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!