काठमाडौं । ‘गलबन्दी’ गीतको बिबाद अन्ततः सहमतिमा टुंगिएको छ । गायक शम्भु राई र गायक प्रकाश सपुतविच गीतको लय चोरीको बिषयमा केही समयदेखि लफडा चलिरहेको थियो । तर, प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको छ । ‘गलबन्दी’ गीत सार्वजनिक भएसँगै गायक शम्भु राईले यसमा समावेश भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा उजुरी दर्ता गरेका थिए ।

Advertisement

लामो समयको छलफलपश्चात पनि सहमति हुन नसकेपछि शम्भुले कानुनी ढोका ढक्ढकाएका थिए । तर, प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा नै उनीहरुको सहमति भएको छ । सहमति अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।

यस्तै, अन्य विभिन्न प्रकाशन गरिने क्षेत्रमा भने शम्भु राइको नाम समावेश गरि प्रकाशन गर्ने सहमति भएको छ । यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने अािर्थक अधिकार, प्रतिलिपी अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ । यसमा शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति भएको छ ।

शम्भु राइले कानुनी उपचार खोज्दै प्रतिलिपी अधिकारको रजिस्टारको कार्यलयमा दिएको उजुरी फिर्ता लिने सहमती पनि दुई गायकविच भएको छ । योसँगै ‘गलबन्दी’ विवादमा देखिएको शम्भु र प्रकाशको लफडा किनारा लागेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!