नवलपरासी । नवलपुरको कावासोती नगरपालिकाका  उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी भएको छ । राति साढे १ बजेनगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी भएको हो ।

Advertisement

उपप्रमुख मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारिमा पार्किंङ गरी राखेको गाडीमा आगजनी भएको हो ।

 मोटरसाइकलमा आएका २ जनाले आगजनी गरेर फरार भएका थिए । भने, आगजनीबाट गाडीको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

गाडीमा पेट्रोल छर्केर आगजनी भएको केही समयमा नै आगो नियन्त्रणमा लिन सकिएकाले ठूलो क्षति हुनबाट जोगिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!